वालसन्त जगद्गुरु : गद्दीआरोहण पर्व

0
2
समयको अन्तरालले वि.सं.२०८३ बैसाख १ गते आज परमादरणीय नेपाल राष्ट्रका ऐतिहाँसिक प्रथम जगतगुरु अनन्तश्रीबिभुषित वालसन्त मोहनशरण देवाचार्य माहाराजश्रीको १७ औं गद्दी आरोहण बर्षको गरीमामय र ऐतिहासिक महत्वको क्षण आएको छ । यस महत्वपूर्ण क्षणमा माहाराजश्रीका आगामी दिनहरु सफल, सुखद, सु–स्वस्थ्य र दीर्घायुकोे कामना गर्दै शुभकामनाहरु, शुभेच्छाहरु अर्पण हुँदैछन् ।
वालसन्तलाई अनन्तश्री विभूषित जगद्गुरु उपाधि,विश्वको कुनैपनि क्षेत्रमा सनातन धर्म माथि कुनै पनि किसिमले प्रश्न उठ्न गएमा त्यसको समुचित समाधान गर्ने उद्धेश्यले गठन भएको काँशीका लब्धप्रतिष्ठित मूर्धन्य विद्धानहरुको संगठन “काँशी पण्डितसभा”ले विश्वमा नै धर्मसस्ंकृतिको प्रचारप्रसार र विद्धान व्यक्तित्वहरुलाई सम्मानीत गर्ने परंपरा विगत २०० बर्ष देखि सम्हाल्दै आएको हो । यसै शिलशिलामा सनातन धर्मावलम्बीहरुलाई एकैसुत्रमा आवद्ध गराउनसक्ने क्षमतावान व्यक्तित्वको खोजीमा लामो समय देखि रहेको यस सभाले वि.सं.२०६७ बैसाख १ गते वालसन्त मोहनशरणलाई सम्मानित गर्ने निधो प्रकट ग¥यो । फलस्वरुप वाँहालाई जगद्गुरुको प्रमाणपत्र, प्रशस्तिपत्र, एवम् भगवान काँशी विश्वनाथको स्मृति चिन्ह प्रदान गरेको थियो । जुन हामी नेपालीहरुको विशेष गौरवको दिन पनि हुनपुग्यो, किनकि वालसन्त मोहनशरण नै पहिलो नेपाली नागरिक हुनुहुन्थ्यो जसलाई “काँशी पण्डितसभा”ले अनन्तश्री विभूषित जगद्गुरुको उपाधिले विभूषित गरेको थियो ।
उहाँका कार्यहरु
पूर्वको मेचीलाई पश्चिम माहाकालीसम्म अब धर्मका माध्यमबाट समेट्नुपर्छ जोड्नुपर्छ, भन्ने अभियानलाई अङ्गिकार गर्दै साउन १ गतेदेखि मंसीर १ गतेसम्म चार महिना हिंस्रक जंगली जनावरहरु रहेको अर्थात हिंडडुल गरिरहने विकट र डरलाग्दो भम्केनीधामको जंगलमा निराहार तपस्यामा लीन रही सम्पन्न गरी दार्चुला देखि ताप्लेजुङ हुँदै सम्पूर्ण मुलुक खालीखुट्टा पैदलयात्रा गर्दै उपयोगमा नआएका पुराना तामा–पित्तलका सामाग्रीहरु साथै एक–एक रुपैयाँ सङ्कलन गर्दै तराई–पाहाड–कुना–कन्दरा सहित सम्पुर्ण मुलुकको भ्रमण सम्पन्न गर्नुभयो ।
१. जगतगुरु अनन्तश्रीबिभुषित वालसन्त मोहनशरण देवाचार्य माहाराजश्रीले झापा बुद्धशान्तिमा भाई–भाई अंशमा प्राप्त हुने आफ्ना भागमा परेको सम्पूर्ण जग्गाजमिन संस्थालाई निशुल्क प्रदान गरी “जगद्गुरु जन्मस्थल संरक्षण तथा पुर्विय दर्शन अध्ययन केन्द्र”को स्थापना गरी वि.सं.२०७१ चैत्र २२ गते देखि बुधबारेमा त्यसै पवित्र ठाउँमा विशाल श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आयोजना भयो । यो संस्था अहिले बुद्धशान्ति झापामा धर्मिक पर्यटनको आकर्षकीय गन्तव्य बनेको छ ।
२. ऐतिहाँसिक कुम्भस्थलका सर्जक, नेपाल राष्ट्रमा महाकुम्भ मेलाको आरम्भ भयो, सारा नेपालीमा हर्षाेल्लासको वातावरण श्रृजना भयो किनकि मुलुकबासीले आफ्नै मुलुकमा “कुम्भ” जस्तो महानकार्य होला !! भन्ने कल्पना सम्म पनि गर्नसकेको अवस्था थिएन, जसलाई आपैंmले हेरेर स्पर्श गर्न पाउँदा सारा नेपालीलाई अलौकिक आनन्दको क्षण बन्नपुगेको छ । थोपा–थोपा चुहिएर अन्य क्षेत्रमा संचालनमा देखिएका कुम्भमेलाहरु तुलनामा भगवान विष्णु स्वयम्ले १ महिना तपगरी अमृतले भरिएको उक्त अमृतघडा पिण्डेश्वर महादेवका नामले स्थापना गरिएको हो भन्ने महास्कन्धपुराणको हीमवतखण्डमा उल्लेखित यथार्थता छर्लङ्ग पारिदिनु भयो । यस्तो ऐतिहसिक र पौराणीक महत्व बोकेको यसपावन भूमीको महत्व र वास्तविकता बारे उजागार गराउँदै, यसलाई “कुम्भनगरी चतरापीठ” सुन्सरीकोे नामले प्रसिद्ध गराउनु भयो ।
३. ७५ जिल्लाको नै प्रतिनिधित्व हुने गरी पश्चिम नेपालको दुर्गमक्षेत्र कंचनपुर “शारदा पीठ” भम्केनीमा १८ करोडको लागतमा अष्टधातुको ७५ फिट अग्लो नेपाल आमाको प्रतिमुर्ति निर्माणमा अहोरात्र लागिरहनु भएका जगद्गुरु महाराजश्रीको अटल बिचार, दृढ–सङ्कल्प र योगदानका बारेमा निश्चय नै बर्णन गरेर नसकिने अवस्थाछ । हाल नेपाल माताको प्रतिमुर्ति निर्माणाधीनस्थल महाकाली “शारदापीठ” कञ्चनपुर भम्केनीधाम धार्मिक पर्यटनको प्रसिद्ध स्थल बन्दै छ ।
४. भैरहवा पीठका कार्यक्रमहरु अघि बढ्दैछन् ।
५ं मुक्तिनाथ क्षेत्र जोमसोम “नीलाद्री पीठ” बिकासको चरणमा छ ।
६. जगद्गुरु माहाराजश्री हाल बिराजमान रहनुभएको शंखमूल “सुमेरु पीठ” काठमाण्डुमा भेटघाट, धार्मिक प्रवचन लगायत बृहद् कार्यक्रमहरु संचालनमा छन् । सबै पीठहरुमा भजनकिर्तन लगायत बिभिन्न कार्यक्रमहरुका साथै हर्षाेल्लासपूर्वक खुशियाली मनाइँदैछ । धर्मिक पर्यटनका अतुलनीय संभावना संहालेका यी क्षेत्रहरु प्रशंसनीय र वन्दनीय छन् ।
माहाराजश्रीको मेची–काली यात्राले महत्वपुर्ण सन्देश दिन चाहेको देखिन्छ, भ्रमणका शिलशिलामा मुलुकका बिभिन्न भागमा ओझेल परेर रहेका, नदेखिएका र नसुनिएका महत्वपुर्ण स्थलहरुका बारेमा मुलुक बासीहरुलाई, भक्तहरुलाई समय–समयमा सुसुचित गराउँदै, जानकारी गराउँदै आफ्नो भ्रमणलाई निरन्तरता दिनुभएको छ ।
भौतिकी र आध्यात्मिकी दुवै पक्षको एकसाथको प्रगतिले नै मानव समाजको सन्तुलित उन्नति हुनसक्छ, भन्ने तथ्यलाई हृदयङ्गम गरी झापाको दक्षिणी भेगमा अवस्थित माहाभारतकालिन किचकबध क्षेत्र, पवित्र कनकाई माई पश्चिममा रहेको सताक्षीधाम, पुर्वका पशुपतिको नामबाट परिचित अर्जुनधारा जलेश्वरधाम, सुर्याेदयको दृष्य अवलोकनस्थल इलामको श्रीअन्तु, ताप्लेजुङ स्थित पाथिभरामाता पवित्र धार्मिकस्थल लगायतका महत्वपुर्ण र पावन धार्मिक पर्यटकीय गन्तव्यहरुलाई “एकिकृत धार्मिक पर्यटन”को रुपमा बिकास गरी यस पुनित अभियानलाई सस्ँथाले तिब्रताका साथ अघि बढाउने लक्ष्य लिएकोछ ।
अन्त्यमा,
परमादरणीय नेपाल राष्ट्रका ऐतिहाँसिक प्रथम जगद्गुरु अनन्तश्री बिभुषित वालसन्त मोहनशरण देवाचार्य माहाराजश्रीको १७ औं गद्दी आरोहण पर्वको पावनक्षण, बेला–बखत समयानुसार हुँदैगरेका जगद्गुरु महाराजश्रीका भ्रमण, सम्बोधन लगायतले पुर्वीयदर्शन, वैदिक–धर्मसंरक्षण र अध्ययन अनुसन्धान कार्यमा बलपुग्ने ठम्याई रहेकोछ ।
लेखकः सस्ंथाका “प्रवक्ता” पनि हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here