झापा ।

झापाको बिर्तामोडमा रामकृष्ण ढकाल साँगीतिक कार्यक्रम हुने भएको छ ।
वैशाख ८ गते मंगलबार आफ्नो साँगीतिक प्रस्तुतीका लागि ढकाल बिर्तामोड आउने भएका छन् ।
म्यूजिकल टूर २०२६ का लागि बिर्तामोडबाट आफ्नो म्यूजिकल टोलीसहित बिर्तामोडमा प्रस्तुती दिने बताईएको छ । गोर्खा फाउण्डेशन नेपालको आयोजनामा उक्त कार्यक्रम हुने अध्यक्ष वीरु दर्नालले बताए ।
बिर्तामोडको वन स्टप मल परिसरमा निःशुल्क खुल्ला साँगीतिक कार्यक्रम हुने बताईएको छ । उक्त कार्यक्रममा गायक ढकाल,रचना रिमाल, वर्षा राउत, बिजय बराल,म्याक्सम गौडेल,जीवन पराजुली,अयुष पौडेललगायतको टिम रहने बताईएको छ ।
मंगलबार बेलुका ४ बजे हुने उक्त कार्यक्रमकै अवसरमा गायक ढकालको प्रस्तुती रहेको मालती मंगली चलचित्रको बारेमासमेत दर्शकलाई जानाकारी दिने जनाईएकोछ । वैशाख २५ गतेदेखि एकैसाथ देशभर उक्त चलचित्र प्रदर्शनमा आउने भएकोछ ।



























