विराटनगर। 
झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरिएको छ ।
झापाको इलाका प्रहरी कार्यालय झिलझिले चेकजाँचको क्रममा शीवसताक्षी नगरपालिका–७ का गंगा बहादुर मगरलाई १३ ग्राम २०० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड नगरपालिका–३ का हरि प्रसाद राजवंशीलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले रतुवामाई नगरपालिका–७ का अमिल लिम्बूलाई ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।






























