जंगली हात्तीद्वारा भद्रपुरमा मकैबाली नष्ट

0
2

भद्रपुर ।

भद्रपुर नगरपालिका–३ रंगेडाँडा क्षेत्रमा जंगली हात्तीले मकैबालीमा क्षति पुर्‍याएको छ ।

गएराति कालिका मन्दिर सामुदायिक वनबाट आएको जंगली हात्तीले स्थानीय बासिन्दा हिरालाल राईको करिब १० कट्ठा खेतमा लगाइएको मकैबाली खाई नष्ट गरेको हो ।

प्रहरीका अनुसार मकैबाली नष्ट हुँदा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ । मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले हात्तीको बढ्दो आतंक नियन्त्रणका लागि सम्बन्धित निकायको पटक पटक ध्यानाकर्षण गराउँदै आएपनि सुनवाइ भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here