अर्जुनधारा प्रेस क्लबको पदहस्तान्तरण कार्यक्रम सम्पन्न

0
2
अर्जुनधारा।
गत चैत २१ गते सम्पन्न भएको अर्जुनधारा प्रेस क्लबको दोस्रो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदहस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिका–८ स्थित मेरो रेडियोको सभाहलमा निर्वाचन समितिका संयोजक दिपीन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा उनीहरुलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संयोजक राई, सदस्य राजेन्द्र चौलागाईं, क्लबका निवर्तमान सचिव एवम् कानुन व्यवसायी नरेश खातीलगायतले नवनिर्वाचित अध्यक्ष रमेशकुमार राई “समदर्शी”, उपाध्यक्ष प्रेमकुमार आचार्य, सचिव केशवराज भण्डारी, सह–सचिव होमप्रकाश अधिकारी, कोषाध्यक्ष लीला राई, सदस्यहरु चर्तुभूज काफ्ले, नन्दलाल खतिवडा, योगेन दाहाल, रञ्जिता खड्का, बिमला प्रधान र विष्णु श्रेष्ठलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
त्यसैगरी कार्यक्रममा निवर्तमान सचिव खातीले संस्थाको माइन्यूटसहितको कागजातहरु नवनिर्वाचित सचिव भण्डारी र कोषाध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए । त्यस्तै निवर्तमान सचिव खातीले संस्थालाई सहयोग रकम नगद पुरस्कार पाँच हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
यता नवनिर्वाचित अध्यक्ष राईले अबको कार्यकालमा हाल निर्माणाधीन अवस्थामा रहेको संस्थाको भवन निर्माणको कार्य सम्पन्न गर्ने, संस्थामा आबद्ध सदस्यहरुको लागि विभिन्न तालिमहरु सञ्चालन गर्ने, सञ्चारमैत्री कार्यक्रमहरु सञ्चालन गर्ने, पालिकाभित्र रहेको विभिन्न धार्मिक एवम् पर्यटकीय क्षेत्र सम्बन्धी जानकारीमूलक सूचनासहितको भित्तेपात्रो प्रकाशन गर्नेलगायतका कार्यहरु सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा निवर्तमान सचिव खातीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका सदस्य चौलागाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन क्लबका संस्थापक कोषाध्यक्ष अमित खम्बूले गरेका थिए ।
त्यस्तै सोही दिन सम्पन्न भएको क्लबको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष राईका अनुसार अधिवेशन सम्पन्न गराउन प्रत्यक्षरुपमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्ने, निवर्तमान सचिव एवम् कानुन व्यवसायी खातीलाई क्लबको कानुनी सल्लाहकारमा नियुक्त गर्ने, क्लबको बैंक खाता सञ्चालनको लागि हस्ताक्षर परिवर्तन गर्ने र नव वर्ष २०८३को भित्तेपात्रो प्रकाशन गर्ने निर्णय गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here