नेपालसहित चार जना नेताको कारबाही फुकुवा

0
1022

झापा,  नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि गरिएको कारवाही फुकुवा भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहितका नेतामाथि गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको नेता विष्णु रिमालले जानकारी दिए । सर्वोच्च अदालतले ओली–दाहाल नेतृत्वको नेकपालाई अवैध मान्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओलीले नेपालसहितका नेतालाई कार्वाही गर्दै ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका थिए ।
तर, यही वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भई पदमुक्त हुनु परेपछि प्रधानमन्त्री ओलीले नेपालसहितका नेतामाथिको कार्वाही फुकुवा गरेका हुन् ।
ओली पदमुक्त भएकाले रिक्त प्रधानमन्त्री पदमा आज राति ९ बजेसम्म बहुमतको सरकारका लागि दाबी पेश गर्न दलहरुलाई राष्ट्रपतिले समय दिएकामा ओलीलाई हटाउन नेपाल पक्षका सांसदहरु राजीनामासमेत दिन तयार भएपछि यो कदम चालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here