भीरबाट लडेर दुई जनाको मृत्यु

0
712

बिराटनगर।

सोलुखुम्बु र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ का २८ बर्षीय सिताराम बस्नेतको स्थानीय उत्तिसे भीरबाट लडेर मृत्यु भएको हो ।

बुधवार दिउँसो गाई बस्तु चराउन गएका केही स्थानीयहरुले बस्नेतलाई भीर मुनी मृत अवस्थामा देखी प्रहरीलाई खबर गरे संगै ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

यता उदयपुरको कटारी नगरपालिका–८ मरुवाखानी बस्ने २९ बर्षीया गिता बिकको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।

बुधवार साँझ ६ बजेको समयमा मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा अचानक भीरबाट लड्दा बिकको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here