वीरता लेडी जेसीजद्धारा महिला उधमशिलताको विषयमा छलफल

0
1031

बिर्तामोड ।

महिला उधमशिलताको पहिलो आधार आर्थीक सम्बृद्धि रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

वीरता लेडी जेसीजद्वारा भर्चुअलको माध्यम (जुम प्रविधि) मार्फत आयोजित ‘महिला उध्मशिलता सम्भाब्यता र चुनौती’ बिषयक अन्तरक्रियाका सहभागिहरुले आर्थिक सक्षमताले महिला  उधमशिलतामा आधारको काम गर्ने बताएका हुन् ।

नेपाल उधोग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणा प्रमुख वक्ता रहेको अन्तरक्रियामा महिला उधामीको वर्तमान अवस्था,सम्भावना चुनौती,महिला उधमीका संर्घष र सफलताका बिषयमा छलफल भएको थियो।

राणाले अहिले उधममा महिलाहरुको उपस्तिथी आसलाग्दो रुपमा बढेको र उधमी बन्नलाई आँट र हिम्मत आवश्यक रहेको बताइन् । साथै उनले पुरुषको तुलनामा महिलाहरुलाई उधमीको रुपमा स्थापित हुन भने अहिले पनि बिभिन्न चुनौतिहरु रहेको बताइन।

कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका रास्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुनेश्वर खनालले महिलाहरु मात्रै नभई अहिलेको समयमा महिला,पुरुष दुबै नै उधम र व्यव्सायमा आउनुपर्ने बताए । उनले जसले गर्दा देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने विचार ब्यक्त गरे । यस्तो बिषम् परिस्थितिमा पनि भर्चुल माध्यमबाटै भएपनि महत्वपूर्ण बिषयमा अन्तरक्रिया गरिएकोमा वीरता लेडी जेसीजलाई धन्यवाद दिएका थिए।

नेपालभरबाट जेसीज, नन जेसीज र महिला उधमी गरि करिब दुई सय जना सहभागि रहेको कार्यक्रममा विर्तामोड उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, नेपाल जेसीजका कानूनी सल्लाहकार गोकुल सापकोटा, क्षेत्र क निरुपीत उपाध्यक्ष रजनी थापा लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा राप्रपा बिर्तामोड अध्यक्ष रन्जू प्याकुरेल, बिर्तामोड उधोग वाणिज्य संघ सहकोषाध्यक्ष राधिका चूडाल,नारी सन्चार गृह झापाकी सस्थापक साबित्रा दाहाल, नेपाल जेसीज पूर्व कार्यकारीणी उपाध्यक्ष रिता न्यौपाने, उधमी मिरा काफ्ले, हेटौडा लेडी जेसीजका अध्यक्ष प्रतिमा श्रेष्ठ,सतासीधाम जेसीजका निवर्तमान अध्यक्ष कुमार सिंह साँवा लगायतले राणा सामु उधमसंग सम्बन्धित विभिन्न प्रश्नहरु राखेका थिए ।

वीरता लेडी जेसीज अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक युनिता दवाडीले स्वागत गरेकी थिइन् भने सन्चालन महासचिव हिमा पौडेल ले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here