कोभिड रेस्पोन्स टिम झापाको सामाजिक कार्य

0
909

झापा ।

दोश्रो लहरको कोरोना शुरु भए देखी कोभिड रेस्पोन्स टिम झापाले विभिन्न स्वयंसेवि काम गर्दै आइरहेको छ ।

कोरोना संक्रमित भइ निको भएकाहरु बाट एण्टिबडिका लागि ‘प्लाज्मा’ रगत को लागि बैंक संचालन गरि प्लाज्मा रगत १३ जना भन्दा ज्यादा संकलन गरेको छ ।

प्रदेश–१ कै विभिन्न जिल्लाका संक्रमित भइ निको हुनेसंग कुरा गरि प्लाज्मा दानका लागि तयार पारेको अभियान संयोजक दिपक दासले बताए ।

टिमले संक्रमितको पीसीआर रिर्पोट साथै अन्य कागजातको समन्वयकारी भूमिका निर्वाह गर्दै मोरङको बिराटनगरमा बिरामीहरुका लागि प्लाज्मा रगत पुर्याइको छ । विभिन्न संघसस्था सुरुवाति कोठा नेपाल, एसएन जेडि, क्विक रेस्पोन्स सेण्टर, जिल्ला युवा परिषद झापा, रोटरी क्लब अफ बिर्तामोड मिड्टाउन,चेम्बर अफ कमर्स झापा, आदर्श स्कुल अफ मेनेजमेण्ट लगायतका सस्थाहरुले अभियान लाई प्रत्यक्ष रुपमा सहकार्य भूमिका निभाउदै आइरहेको अभियानलाई प्राविधिक सहयोगमा रेड्क्रस बिर्तामोड शाखाले प्राबिधिक सहयोग पुर्याउदै आएको छ ।

अभियानले आगामी दिनमा श्री सत्य साइ सेवा संगठन प्रदेश–१ (क) र एक का लागी एक अभियानसंग सहकार्य गरि अक्सिजन सिलिन्डर ब्यबस्थापन र पीसीआर ल्याबमा समेत ब्यवस्थापनमा सहयोग पुर्याउने अभियन्ता बिस्नु आचार्यले बताए ।

अभियानमा यज्ञराज कडरिया,रुपक रिजाल,भरत यादबले आ(आफ्नो जिम्मेवारि निभाउदै आइरहनु भएको छ १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here