आम्दा मेची अस्पताललाई आर्थिक सहयोग जुट्ने क्रम जारी

0
690

मेचीनगर,

झापाको मेचीनगर— १० धुलाबारीस्थित आम्दा मेची अस्पताल परिसरमा अक्सिजन प्लान्टसहित अस्पतालको स्तरोत्तन्नती लागि सवैक्षेत्रबाट धमाधम आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

केहीदिनअघि आम्दा मेची अक्सिजन प्लाण्ट जडान तथा अस्पताल स्तरोन्नती अभियानमा सहभागी भई साथ सहयोगका लागि सवैमा आग्रह गरिएको थियो । आग्रह गरिए लगत्तै स्वदेश एवम् विदेशमा बस्दैं आएका धेरै मेचीनगरवासीहरुले स्वतःस्फूतमा धमाधम आर्थिक सहयोग गरिरहेको मेची उद्योग बाणिज्य संघ मेचीनगरका सचिव रविचन्द्र नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार साँझसम्म १४ लाख ३० हजार १ सय एकरुपैयाँ संकलन भएको छ ।

मेचीनगर नगरपालिका सहित झापाका अन्य अस्पतालहरुमा समेत अक्सिजनको चरम अभावलाई परिपूर्ति गर्दै सहज अक्सिजन आपूर्तिमा टेवा पु¥याउने उद्देश्यले रोटरी क्लब अफ मेचीनगरको सहजिकरण तथा रोटरी क्लब अफ काँकरभिट्टाको अगुवाईमा मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको संयुक्त पहलमा मेचीनगर–१० धुलाबारीस्थित आम्दा मेची अस्पताल परिसरमा अक्सिजन प्लाण्ट स्थापनाको तयारी गरिएको छ ।

अक्सिजन प्लान्ट निर्माणका लागि सोकारवाला पक्षबीच सम्झौता भईसकेको सचिव नेपालको भनाई छ । प्लान्ट निर्माणका लागि मेचीनगर नगरपालिका, रोटरी क्लब अफ मेचीनगर, रोटरी क्लब अफ काकरभिट्टा, मेची उद्योग वाणीज्य संघ र आम्दा मेची अस्पताल बिच आर्थिक तथा प्राविधिक बिषयको सम्झौता भएको छ ।

सम्झौता अनुसार मेचीनगर नगरपालिकाको तर्फबाट २५ लाख र मेची उद्योग वाणिज्य संघले १५ लाख प्लान्ट निर्माणका लागि रकम उपलब्ध गराउने छन । त्यस्तै मेचीनगर र काँकरभिट्टा रोटरी क्लबले रोटरी इन्टरनेशनलको तर्फबाट ग्लोबल ग्राण्ड मार्फत प्राप्त हुने करीब ३५ लाख रकमको ब्यवस्थापन गर्ने छन भने आम्दा अस्पतालले अक्सिजन प्लान्ट निर्माणको स्थान र प्राविधिक सहयोग उपलब्ध गराउने मेचीनगरका नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष कृष्णकान्त खनियाँ, रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्री, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र आम्दा मेची अस्पतालका प्रमुख डा पोषणरमण त्रिपाठीले हस्ताक्षर गर्नुभएको सम्झौता पत्रमा उल्लेख छ ।

८० लाख लागतमा सञ्चालनमा आउने अक्सिजन प्लान्टका लागि स्वीडेनमा निर्माण भएको ५ क्युबिक मिटरका दुई वटा कम्प्रेसर सहितको मेशीन जडान गरिने योजना छ । अक्सिजन प्लान्टका लागि लाग्ने खर्चको व्यवस्थापन भएपनि अस्पतालको अन्य भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भारमा रकम लाग्ने र त्यसका लागि सवैक्षेत्रसँग सहयोगको याचना गरिएको थियो ।

अब करीव थप अपुग रकम ७५ लाख मेची उद्योग वाणिज्य संघको अगुवाईमा अन्य सहयोगी दाताहरुबाट संकलन गरिने लक्ष्य लिइएको हुँदा अहिले धमाधम सहयोग जुटेने क्रम जारी रहेको संघले जनाएको छ । ‘हाम्रो सवै हिसाव किताव पारदर्शी हुने छ’ सचिव नेपालले भन्नुभयो—‘अहिले रकम संकलन भइरहेको छ । अहिले विभिन्न व्यक्तिहरुबाट जम्मा भएको रकमको भौचरहरुलाई सुरक्षितरुपमा राखेको र पछि अभियानकै खातामा सारिने छ । संघले बैंकमा खाता सञ्चालनका लायि प्रक्रिया शुरु गरेको भएपनि कोभिड १९ का कारण खाता सञ्चालनको तयारी पुरा नभएका कारण अभियानकै नाममा रकम जम्मा गर्न नपाएको उहाँको भनाई छ ।

रकम संकलन हुने क्रम अन्तिम चरणमा पुगेपछि संघले सवैक्षेत्रका व्यक्तिहरुलाई सहभागी गराएर संकलन भएको रकमका बारेमा जानकारी गराउने र अब यसबाट के के गर्ने भन्ने विषयमा छलफल गरेरमात्र अघि बढ्ने छ । ’ अहिले सामाजिक सञ्जालमा जसरी यसको बारेमा प्रचार गरिएको छ त्यसमा चिन्ताव्यक्त गर्दै नेपाल अहिलेको वर्तमान अवस्था एकआपस नफूटी जुटेर अघि बढ्ने वेला भएकाले यस्तो मानवीय सेवासँग जोडिएको पुण्यकर्ममा जुट्न समेत उहाँले सवैमा आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here