मनसुन नजिकिएसँगै प्रि-मनसुन थप सक्रिय हुँदै, पर्सिदेखि देशका धेरै ठाउँमा पानी पर्ने

0
776

काठमाण्डाै,

अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिनभरजसो नै मौसम बद्ली रहने र देशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ भने प्रदेश-१ का एक/दुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । भोलि पनि मौसम आंशिकदेखि सामान्य बद्ली भइ फाट्टफुट्ट पानी पर्ने उहाँले बताउनुभयो ।

पर्सिदेखि भने प्रि-मनसुन थप सक्रिय हुने र देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । मनसुन सुरु हुने समय नजिकिएकाले मौसमी गतिविधि पनि थप सक्रिय हुँदै जाने मौसमविद् बासीको भनाइ छ ।

यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरिएको छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन भित्रिने गर्छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here