झापा। 
झापाको मेचीनगर नगरपालिका–६ शान्तिनगर टोल स्थितबाट बिहीबार लागूऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय पबन राई रहेका छन् । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर २२ ग्राम फेला पारेको हो ।
पक्राउ परेका राई विरुद्ध ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





























