सिलाइ व्यवसायी तथा अति बिपन्न परिवारलाई राहत वितरण

0
807

झापा ।

नेपाल कपडा तथा सिलाइ ब्याबसायी संघ झापाले बिभिन्न ठाउँका सिलाइ ब्याबसायी तथा अति बिपन्न परिवारलाई राहत वितरण गरेको छ ।

संघले सिलाइ ब्याबसायी कोभिड १९ आपत्कालिन राहत कोष को स्थापना गरि प्राप्त सहयोग रकमबाट बिहिबार अर्जुनधारा नगरपालिका , बिर्तामोड नगरपालिका र बुद्धशान्ती गाउँपालिकाका सिलाइ ब्याबसायी तथा अति बिपन्न ५ घरपरिवारलाई २५ केजी चामल , १ लिटर खाने तेल , २ केजी दाल र १ केजी नुन गरि प्रती परिवार रु २ हजार २ सय ३० का दरले राहत वितरण गरेको हो ।

बिश्वब्यापी महामारी कोभिड १९ को यो कठिन परिस्थितिमा सिलाइ ब्याबसायी तथा अति बिपन्न परिवारलाई नेपाल कपडा तथा सिलाइ ब्याबसायी संघ झापा को तर्फबाट राहत वितरण गरिएको कोषका संयोजक हरि नेपालीले बताएका छन् ।

जिल्लामा सिलाई व्यावसाय संचालन गरेर बस्नुहुने व्यावसायीलाई कोभिड १९ वाट प्रभावित भएर संक्रमित भै उपचारमा आर्थिक समस्या देखापरेमा तथा यस पेशाबाट लाभान्वित पेशाकर्मीहरुलाई कोरोना कहरका बेला जिवनयापनमा समस्या आएमा राहत दिनकालागी कोषको स्थापना गरिएकाले सोहि अनुसार राहत वितरण गरेको उनले बताएका छन् ।

विश्वभर माहामारीको रुपमा रहेको कोभिड १९ को कारणले सिलाइ ब्याबसायीहरुमा विभिन्न समस्याहरु देखापरेको हुदाँ संघले ब्याबसायीहरुकालागी राहत , उपाचार लगायतको ब्यवस्था गर्न कोष को स्थापना गरेको नेपाल कपडा तथा सिलाइ ब्याबसायी संघ झापाका अध्यक्ष दिलिप सुन्दासले बताएका छन् ।

त्यसैगरी देश बिदेश मा रहनु भएको नेपाली दाजुभाई तथा दिदिबहिनीमा कोभिडबाट बच्न को लागि आवश्यक स्वास्थ्य मापदण्ड पूरा गर्नु हुन अनुरोध गर्दै यस अभियानलाई सहयोग गर्न नेपाल कपडा तथा सिलाइ ब्याबसायी संघ झापाका उपाध्यक्ष रमेश सिवाले अपिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here