तीन सय जोडी भन्दा बढी वरपीपल रोप्ने अभियान

0
426

किमाथाङका,

पछिल्लो समय मासिदैँ गएका वर पीपल संरक्षण गर्ने ध्येयले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सङ्खुवासभाको आयोजनामा तीन सय जोडी भन्दा बढी वरपीपल रोपिएको छ । सङ्खुवासभाका १० वटै स्थानीय तहमा वरपीपल रोपिएको छ ।

विभिन्न मठ–मन्दिर, दोवाटो, चौतारो भएका ठाउँमा वैदिक विधिपूर्वक रोपिएका वरपीपलहरु मासिन थालेपछि यो रोप्ने अभियान चलाएको महासंघ सङ्खुवासभाका अध्यक्ष लक्ष्मी चापागाइले जानकारी दिनुभयो ।

स्थानीय तहका तीन सय सामुदायिक वनमा वरपीपल रोपिएको अध्यक्ष चापागाइले बताउनु भयो । पहिले धार्मिक आस्थाका रुपमा रोप्ने वरपीपल अक्सिजनका लागि मात्र नभएर भूक्षय रोकथाममा पनि सहयोगी हुनेछ ।

पहिले विवाह नगरेको वरपीपल पूजा गर्नु हुँदैन भन्थे । रुखको त कुरै छाडौं हाँगाविगा पनि काट्ने चलन थिएन । अचेल रुखनै काट्छन्, मान्छेले धर्म छाड्दै गएका बेला वरपीपल रोप्ने अभियान निकै राम्रो भएका खाँदबारी नगरपालिका ८ का जीवनाथ खनालले बताउनुभयो ।

वरपीपलले पर्यावरणीय सन्तुलन कायम राख्छ, अत्यधिक अक्सिजन उत्पादन गर्छ र त्यो मानव स्वास्थ्यका लागि अत्यधिक लाभदायी हुने स्थानीय खनालको भनाइ छ । वरपीपलसँगै समी, गुराँस, चाँप, धुँपीसल्लासहित ६ सय भन्दा बढी वृक्षरोपण गरिएको सो अभियानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here