युवा संघद्वारा अर्जुनधारा नगरपालिकालाई ध्यानाकर्षण

0
837

झापा,

राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीले १६ सुत्रीय माग राखी आगामी आ.ब ०७८/०७९ को बजेटमा युवा निति तथा कार्यक्रम नगर सभा बाट स्वीकृत गरि युवा लक्षित बजेट ल्याउन अर्जुनधारा नगरपलिका लाई ध्यानाकार्षण गराउदै ज्ञापन पत्र बुझाएको छ ।

राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य रोजिना पाण्डेको नेतृत्व रहेको टोलीले आईतबार अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना र उप–प्रमुख कमला आचार्य खतिवडालाई ध्यानाकार्षण गराउदै ज्ञापन पत्र बुझाएका हुन् ।

१६ सुत्रीय मागहरु

१)राष्ट्रिय युवा नीति ,२०६२ र युथ भिजन ,२०२५का निर्दैशक सिद्धान्त , रणनीति र योजनालाई आत्मसाथ गर्दै सो बमोजिमको निति तथा कायक्रम र बजेट तर्जुमा गर्नै व्यावस्था मिलाउन ।

२)युवाहरुलाई स्वरोजगार बनाउनका लागि लघु उद्दम मोडेलमा आधारित उद्दमशीलता र शीप बिकास तालिमको व्यवस्था गरी व्यावसाय संचालनका लागि आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने व्यवस्था मिलाउन ।

३)युवाहरुलाई व्यवसायिक कृषि नगरको उत्पादन वृद्धि भन्ने नारा तय परि व्यवसायिक गाईभैंसीपालन बँगुरपालन,मौरीपालन, कुखुरापालन ,तरकारी खेती लगायतका व्यवसायमा प्रस्ताव र व्यवसायिक कार्ययोजनाको आधारमा सहयोग गर्ने व्यवस्था मिलाउन ।

४)वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई उनीहरुले बैदेशिक रोजगारको क्रममा हासिल गरेका ज्ञान ,सीप र दक्षतालाई स्वदेशमै प्रयोग गरि आत्मनिर्भर बनाउन उनीहरुको प्रस्ताव बमोजिमका कार्यक्रममा सहयोग गर्ने व्यवस्था मिलाउन ।

५)स्थानीय पर्यटन प्रर्वधनका लागि युवाहरुलाई होम स्टे संचालन सम्बन्धि तालिम तथा होम स्टे निर्माणमा अनुदानको व्यवस्था मिलाउन ।

६) कुलतमा फसेका युवाहरुलाई सकारात्मक बाटोमा फर्काउँदै सकारात्मक सोचको बिकास गर्न नगर स्तरीय सुधार केन्द्र स्थापना गरि संचालन गर्ने व्यवस्था मिलाउन ।

७) भ्रष्ट्रचारमा शुन्य सहनशिलता कायम गरि सरोकारवाला निकायहरुलाई पारदर्शी र नागरिकहरु प्रति जवाफदेही बनाउनका लागि संविधानमा व्यवस्था भए बमोजिमको सुचनाको हक सम्बन्धि तालिमको व्यवस्था मिलाउन ।

८) युवा रोजगार कार्यक्रमलाई स्थानीय तहमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि युवा रोजगार प्रवर्धन केन्द्र स्थापना गरि संचालन गर्ने व्यवस्था मिलाउन ।

९) सुचना प्रविधिमा युवाहरुको पहुँच वृद्धि गर्नेका लागि नगर स्तरीय युवा आईटी पार्क स्थापना गरि संचालन गर्ने व्यवस्था मिलाउन ।

१०) लोपन्मुख शीप र पेशालाई प्रवर्धन गर्नका लागि युवा हरुलाई तालिम र सीप विकासको कार्यक्रम संचालन गर्न ।

११) विभिन्न क्षेत्रमा क्रियाशील रहि सफलता प्राप्त गरेका युवाहरुलाई हौसला प्रधान गर्नका लागि युवा प्रतिभा प्रोत्साहन कोष स्थापना गर्न ।

१२) विभिन्न क्षेत्रमा काम गरिरहेका युवाहरु बीच अनुभव आदान प्रदानका लागि नगर स्तरीय युवा सम्मेलन एंवम युवा महोत्सव आयोजना गर्ने व्यवस्था मिलाउन ।

१३) प्राणघातक एच.आई. भी एड्स सम्बन्धि अभिवृद्धिका लागि किशोर किशोरी तथा युवा सचेतना कार्यक्रम संचालन गर्न ।

१४) राष्ट्र निर्माणमा युवाहरुको योगदान वृद्धि गर्नका लागि नगर स्तरीय युवा स्वयंसेवक परिचालन कार्यविधि तर्जुमा गरि कार्यान्वयन गर्न ।

१५) विद्यार्थीहरुको शारीरिक र मानसिक स्वास्थ्यलाई तन्दुरुस्त राख्न तथा खेलकुद क्षेत्रको विकास गर्न सामुदायिक विद्यालयहरुमा विभिन्न खेलका प्रशिक्षकहरुको व्यवस्था गर्न ।

१५) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा ख्यातिप्राप्त खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गर्न ।

अर्जुनधारा नगरपालिकाका प्रमुख रानाले राष्ट्रिय युवा संघ नेपालले राखेका मागहरुलाई सम्बोधन गर्ने क्रममा आगामी आर्थिक बर्षको बजेटमा समेटिने आश्वासन दिनु भयो ।उक्त टोलीमा राष्ट्रिय युवा संघ नेपालका नरेन्द्र भण्डारी,मनोज सिटौला,मदन गिरी,युवराज चापागाई, मनोज चौधरी,भिम राई,सौरव चौधरी, सन्तोस परियार, रमेश खड्का,बुद्ध तामाङ् सन्तोष दनुवार, रामजी दनुवार प्रदिप श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here