उत्तर कोरियाले फेरि भन्योः हाम्रो देशमा एकजना पनि कोरोना संक्रमित छैनन्

0
738

झापा ।

उत्तर कोरियाले विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई आफ्नो देशमा हालसम्म एक जनामा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको जानकारी गराएको छ।

जुन १० देखि उत्तर कोरियामा हालसम्म ३० हजारमा कोरोना परीक्षण भएको तर एक जनामा पनि कोरोना नदेखिएको उत्तरले डब्लूएचओलाई बताएको हो।

तर विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस उत्तर कोरियामा देखिएको छैन भन्ने भनाइलाई विज्ञहरु पत्याउँदैनन्। विज्ञहरुका अनुसार उत्तर कोरिया र कोरोना पहिलोपटक देखिएको चीनको सीमा जोडिएको छ भने त्यहाँको स्वास्थ्य प्रणाली राम्रो छैन।

यदी उत्तरबाहेक अन्य देशका विज्ञले त्यहाँ गएर अनुसन्धान गरे उत्तर कोरियामा कोरोना संक्रमित भेटिने उनीहरु बताउँछन्। हिन्दुस्तान टाइम्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here