प्रेस क्लब मेचीनगरले सदस्यता खुलायो

0
1054

मेचीनगर ।

प्रेस क्लब मेचीनगरले आफ्नो साधारण सदस्यता खुलाएको छ ।

क्लबको कार्य समितिको पूर्ण बैठकले मेचीनगर भित्र रहेर सक्रिय पत्रकारिता गरि रहेका पत्रकारहरुलाई सदस्यता प्रदान गर्ने निर्णय गरेको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले बताए । सदस्यता प्राप्त गर्न क्लबको बिधानको परिच्छेद १ को दफा २ (च) बमोजिमको पत्रकारिता कार्यमा संलग्न हुनु पर्ने क्लबका सचिव जीआर धितालले जानकारी दिए ।

संस्थाको बिधानलाई निःशर्त पालना गर्ने तथा मेचीनगरलाई कार्य क्षेत्र बनाइ एक बर्ष भन्दा बढी समयदेखि सक्रिय पत्रकारितामा कम्तिमा एक बर्ष विताएका पत्रकारहरुलाई क्लबको सदस्यता प्रदान गरिने सचिव धितालले बताए ।

सदस्यता शुल्क बापत एक हजार रुपैयाँ तिर्नु पर्ने क्लबकी कोषाध्यक्ष रीता दाहालले जानकारी दिइन् । कोषाध्यक्ष दाहालका अनुसार बुधबारबाटै सदस्यता वितरण सुरु गरिने छ ।

वि.सं. २०७१ साल असार ४ गते स्थापना भएको क्लबले आफ्नो आठौं बर्ष प्रवेशको अवसरमा वार्षिक उत्सव बनाइ रहेको छ । बार्षिक उत्सवकै अवसर पारेर क्लबले आफ्ना सदस्य तथा पूर्व पादाधिकारीसहित शुभेच्छुकहरुबाट सुझाव संकलन गरेको थियो ।

क्लबले बार्षिक उत्सवकै अवसरमा बिहीबार काँकरभिट्टा नाका प्रवेश विन्दुसँगै एशियन हाइवे आसपासमा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । साथै क्लबको सदस्यता प्राप्त गर्ने सबैलाई क्लबको बार्षिकोत्सवकै अवसरमा टि–सर्ट ( भेष्ट) वितरण गर्ने यस अघिनै जानकारी गराइएको थियो ।

मेचीनगरलाई कार्य क्षेत्र बनाइ ५० बढी सञ्चारकर्मीहरु कार्यरत रहेको संस्थाको तथ्यांकले देखाएको छ । संस्थाको बिधानले तोकिए वमोजिमका सञ्चारकर्मीहरुले सदस्यता प्राप्त गर्ने छन् । बिधानतह संस्थाको साधारण सभामा सहभागी हुनका लागि सदस्यता प्राप्त गर्न अनिवार्य रहेको छ ।

गत बर्ष असोज १० गते क्लबको चुनावी साधारण सभाद्वारा छनौट भएको कार्यसमितिले कोरोना प्रभावका बीच ९ महिना पछि साधारण सदस्यता नविकरण तथा वितरण गर्न लागेको हो । संस्थाको कार्य समितिको कार्यकाल दुई बर्षको रहने प्रावधान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here