झापा गाउँपालिकाको वजेट ४५ करोड

0
921

झापा , झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ४५ करोड ७४ लाख ५ हजार ५ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको सभापतित्वमा सम्पन्न सभामा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेबी बुढाथोकीले गाउँपालिकाको नवौं गाउँ सभा मार्फत गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष बुढाथोकीले कोरोनाले ल्याएको चुनौती र अवसरलाई सामना गर्ने र अर्थतन्त्रको पुनरउत्थान गर्दै तिब्र आर्थिक विकासमा लैजाने गरी बजेट विनियोजन गरिएको बताउनु भयो ।

उपाध्यक्ष बुढाथोकीले “झापाको आधार: कृषिमा आधुनिकीकरण,आर्थिक समृद्धिको पुर्वाधार” भन्ने मुल नारा सहित गाउँपालिकाबासीको जीवनस्तरमा परिवर्तन ल्याई गरिबी न्यूनिकरण गर्दै विकासको प्रतिफलमा न्यायचित वितरण गर्दै परिवर्तनको प्रत्यक्ष अनुभूति गराउने यस बजेटको उदेश्य रहेको बताउनु भयो।उहाँले बजेट तर्जुमा गर्दा नीति तथा कार्यक्रम, विनियोजन विधेयकमा आएका सुझावलाई समेटेर कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने गरी ल्याइएको बताउनुभयो ।

बजेट प्रस्तुत गर्दै उहाँले झापा गाउँपालिकाको नीति तथा कार्यक्रमलाई यस बजेटले सके सम्म सम्बोधन गर्ने र कार्यक्रमलाई सोही अनुरुप बजेट विनियोजन गर्ने प्रयास गरेको बताउनु भयो।

गाउँपालिकाले आय तर्फ संघीय राजश्व बाँडफाँड तर्फ रु ८ करोड २४ लाख ३५ हजार,संघीय सशर्त अनुदान रु १९ करोड २६ लाख,संघीय समानीकरण अनुदान रु १२ करोड ७१ लाख,संघी समपुरक अनुदान रु १ करोड १३ लाख,प्रदेश समानिकरण अनुदान रु ७३ लाख ४६ हजार,प्रदेश राजश्व बाँडफाँड रु ४२ लाख २४ हजार ५ सय र आन्तिक आय रु १ करोड ५० लाख गरेर जम्मा अनुमानित आय रु ४५ करोड ७४ लाख ५ हजार ५ सय प्रस्तुत गरेको छ। गाउँपालिकाले व्यय तर्फ चालू खर्च शिर्षकका सम्पुर्ण क्रियाकलापहरुका लागि एकमुष्ट रु ६ करोड ५३ लाख ४० हजार रुपैयाँ विनियोजन गर्दै पुँजीगत खर्च तर्फ आर्थिक विकास तर्फ रु २ करोड ३३ लाख,पुर्वाधार विकास तर्फ रु ११ करोड ९० लाख,वन वाताबरण विपद तथा सरसफाई तर्फ रु ६ लाख,संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ रु ८ लाख ३५ हजार ५ सय,सामाजिक विकास तर्फ रु २ करोड ७० लाख ३० हजार,संघीय सशर्त अनुदान रु १९ करोड २६ लाख,संघीय विशेष अनुदान रु १ करोड ७४ लाख र संघीय समपूरक अनुदान रु १ करोड १३ लाख गरेर जम्मा अनुमानीत व्यय रु ४५ करोड ७४ लाख ५ हजार ५ सय प्रस्तुत गरेको छ।

गाउँपालिकाले चालू आ.व २०७७/०७८ का लागि गत वर्ष रु ४२ करोड १६ लाख १२ हजार दुई सय तिस बिनियोजन गरेको थियो भने हाल सम्म पुँजीगत तर्फ र चालू तर्फ ६०% खर्च भएको जनाएको छ।

कृषिमा  २ करोड २३ लाख

झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८र०७९ का लागि आर्थिक विकास अन्तरगत कृषि तथा सहकारी विकासका लागि २ करोड २३ लाख रुपैयाँ रकम विनियोजन गरेको छ।

बिहिवार गाउँपालिकामा आयोजित नवौं गाउँसभाले पालिका उपप्रमुख कुन्तीदेवी बुढाथोकीले प्रस्ताव गरेको उक्त बजेटलाई पारित गरेको हो।

गाउँपालिकाले कृषि तथा सहकारी विकास अन्तरगत सहकारी विकासका लागि रु ६ लाख,उन्नत बीउ बिजनका लागि रु ५० लाख,कृषक तालिमका लागि रु २ लाख,सिचाँई व्यवस्थापन का लागि रु ३० लाख,कृषक कृषि समूह सहकारी तथा संघ संस्था संगको साझेदारी अनुदानमा कृषीजन्य मेसिन खरिदका लागि रु ३५ लाख,कृषिको लागि विद्युत विस्तार तथा व्यवस्थापनमा रु १ करोड बिनियोजन गरेको छ।

गाउँपालिकाले पर्यटनका लागि ४ लाख रुपैयाँ र पशु सेवा विकासका लागि ६ लाख रुपैँया समेत बिनियोजन गरेको छ। गत वर्ष आर्थिक विकास अन्तरगत कृषिमा ५८ लाख रुपैयाँ र पर्यटनमा रु २ लाख,पशु सेवा विकासमा ९ लाख बिनियोजन गरेको पालिकाले यस वर्ष भने ३।८४ गुणा बढी रकम कृषि तथा सहकारी विकासमा बिनियोजन गरेको छ।

शिक्षा विकास तथा सुधारमा १ करोड ८ लाख

 

झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि सामाजिक विकास अन्तरगत शिक्षा विकास तथा सुधारका लागि १ करोड ८ लाख रुपैयाँ रकम विनियोजन गरेको छ।

बिहिवार गाउँपालिकामा आयोजित कार्यक्रममा पालिका उपप्रमुख कुन्तीदेवी बुढाथोकीले प्रस्ताव गरेको उक्त बजेटलाई नवौं गाउँसभाले पारित गरेको हो।

गाउँपालिकाले शिक्षा विकास तथा सुधार अन्तरगत शिक्षा विकासका लागि रु १० लाख,जनता माविलाई क्याम्पस शिर्षकका लागि रु १० लाख,विद्यालय भौतिक सुधार तथा व्यवस्थापन एवं जनता र डिल्लिराज माविमा निशुल्क प्लस टु शिक्षा कार्यक्रमका लागि रु ६० लाख,कक्षा ९ मा अध्ययन गर्न भर्ना हुने छात्राका लागि साइकल वितरणमा रु २० लाख,विद्यालय संचालन अनुदान रु ३ लाख र विभिन्न प्रकारका छात्रबृत्ती कार्यक्रममा रु ५ लाख रकम बिनियोजन गरेको छ।

गत वर्ष सामाजिक विकास अन्तरगत शिक्षा विकास तथा सुधारमा रु ७६ लाख रकम बिनियोजन गरेको पालिकाले यस वर्ष भने १.४२ गुणा बढी रकम शिक्षा विकास तथा सुधारमा बिनियोजन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here