भट्टराई प्रतिष्ठानद्वारा दुहागढीमा शिवालय निर्माण

0
854

बिर्तामोड।

भट्टराई कुल वंश प्रतिष्ठान दुहागढी–धाइजन शाखाले करिब २७ लाख रुपैयाँको लागतमा कुलेश्वर शिव पाञ्चायन मन्दिर निर्माण गरेको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित निर्माण सम्पन्न भएको उक्त मन्दिर परिसरमा यज्ञ कुण्ड कूल दीप मन्दिर र शिवजीको मन्दिर स्थापना गरिएको हो । दुधा शाखा अन्तर्गतका भट्टराई बन्धुहरुद्वारा आर्थिक संकलन गरी उक्त मन्दिर निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष रुद्र भट्टराईले जानकारी दिए ।

उक्त मन्दिर निर्माण गर्न स्थानीय श्रीकृष्ण भट्टराई र उनका छोराहरु टीका भट्टराई र गोपाल भट्टराईले अढाई कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । उक्त परिसरमा सामुदायिक भवन समेत निर्माण गर्ने लक्ष्य लिइएको झापा जिल्ला अध्यक्ष गंगाप्रसाद भट्टराईले जानकारी दिए ।

नवनिर्मित मन्दिरको धार्मिक कार्यक्रमको आयोजना गरी प्राणप्रतिष्ठा गरी स्थापना गगरिएको छ । मन्दिरमा गजुर, घण्टहरु र अन्य सामग्रीहरु विभिन्न बन्धुबान्धवबाट प्रदान गरिएको छ । प्रतिष्ठानले आगामी असार १५ गते विधिवतरुपमा कूल पुजाको आयोजन समेत गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here