‘डाबासेपामाधा’मा तीन लाख ६९ हजार बढीको पूर्वाधार निर्माण

0
789

अमित खम्बू,
अर्जुनधारा ।

साझा धार्मिक तीर्थस्थलको पहिचान बनाउन सफल झापाको अर्जुनधारा–७ पाराखोपीमा रहेको डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाममा पूर्वाधार निर्माण कार्यक्रम अन्र्तगत विभिन्न कार्य सम्पन्न भएका छन् ।

धाम संरक्षण समितिका अनुसार गत जेठ १९देखि सुरु भई असार २६ गते सम्म भएको उक्त कार्यक्रम अन्र्तगत धामको प्रवेशद्वार, प्रवेशमार्गमा पेभर्स ओछ्याउने, दुई सय १६ वटा तामाको दियो जडान गरिएको फलामको रेलिङ, पक्की शौचालयलगायत निर्माण सम्पन्न भएको हो ।

अर्जुनधारा नगरपालिकाको एक लाख रुपैयाँ र दाताहरुको दुई लाख ६९ हजार एक सय पाँच रुपैयाँसहित जम्मा तीन लाख ६९ हजार एक सय पाँच रुपैयाँको लागतमा उक्त कार्यहरु सम्पन्न भएको बताइएको छ ।

दाताहरुमध्ये हाल एमबीबीएस अध्धयनरत् मुकेश शाहबाट उनको हजुरआमा सुमित्रादेवीको स्मृतिमा प्रवेशद्वार निर्माण गर्न एक लाख छ हजार छ सय तीस रुपैयाँ, गगन श्रेष्ठबाट २० हजार रुपैयाँ, जीना ओलीबाट १५ हजार रुपैयाँ, ऐतराज नेम्वाङ “सन्तोष”बाट १४ हजार रुपैयाँ, केके गृल उद्योगबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

त्यसैगरी अशोक राईबाट आठ हजार रुपैयाँ, साम्पाङ गृल उद्योगबाट पाँच हजार रुपैयाँ, चिडीबहादुर प्रधानबाट पाँच हजार रुपैयाँ, पूष्प गिरी “कुमार”बाट पाँच हजार रुपैयाँ, राजकुमार बराइलीबाट पाँच हजार रुपैयाँ र सोमनाथ गिरीबाट पाँच हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

त्यस्तै धामको प्रवेश मार्गमा ओछ्याउन स्थानीय बिल्डकन इण्डष्ट्रिज प्रा.लि.बाट १८ सय थान पेभर्स, व्यवसायीहरु इन्द्रबहादुर मगर “काली”बाट एक ट्याक्टर गिटी, मने कार्कीबाट एक ट्याक्टर फिनिसिङ बालुवा, तिलक कार्की र विकास तामाङबाट एक–एक ट्याक्टर खस्रो बालुवा, थर्क मगर र सन्तलाल राजवंशीबाट एक–एक ट्याक्टर मिक्स गिटी समितिलाई उपलब्ध भएको थियो ।

यसैबीच धाम परिसरमा नवनिर्मित प्रवेशद्वार र रेलिङको सोमबार एक कार्यक्रमकोबीच उद्घाटन गरिएको छ । समितिका अध्यक्ष इन्द्रबहादुर मगर “काली”को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हरिकुमार राना, वडाध्यक्ष नवराम ढुंगाना “नविन” र धाम उत्पत्तीकर्ता विकास राईले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा पूर्वाधार निर्माण कार्यक्रम अन्र्तगत भएको कार्यलाई सम्पन्न गर्न १० हजार रुपैयाँ भन्दा बढी नगद तथा जिन्सी सहयोग गर्ने आठ जना दातालाई धामको तस्विर प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here