जानुकालाई बचाउन सहयोग अभियान

0
639

उमानाथ भण्डारी,कमल ।

जानुका दुलाल बचाउँ अभियानमा स्थानीय संघ–संस्थाद्वारा सहयोग रकम संकलन गर्न शुरु गरिएको छ ।

ब्लड क्यान्सर भएर काठमाडौंस्थित टिचिङ्ग अस्पतालमा उपचाररत् दुलालको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि लायन क्लव अफ केर्खा, कमल नगर जेसीज, लियो क्लव अफ केर्खाको समन्वयमा सहयोग रकम संकलन शुरु गरिएको हो ।

यसरी सहयोग रकम जम्मा गर्ने संघ–संस्थामा लायन क्लव अफ केर्खाबाट २७ हजार पाँच सय, कमल नगर जेसीजबाट २७ हजार पाँच सय केर्खा बजारका व्यवसायीबाट ७६ हजार छ सय ५५ र नेपाली कांग्रेस कमल– ३ बाट २० हजार रुपैयाँ गरी जम्मा एक लाख ५१ हजार छ सय ५५ रुपैयाँ जानुकाका हजुरबुबा हर्कबहादुर आचार्यलाई बुझाएको लायन क्लव अफ केर्खाका सस्थापक अध्यक्ष अग्निप्रसाद कोइरालाले जानकारी दिए ।

कमल–३ केर्खामा चिया पसल सञ्चालन गर्दै आएकी आचार्यकी नातिनी गत जेठ टिचिङ्ग अस्पतालमा उपचाररत् छिन् । उनको उपचारमा १६ देखि १८ लाख रुपैयाँसम्म खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएको विरामीका हजुरबुबा आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here