कोरोना बढेसंगै कनकाई र शनिश्चरे सिल

0
799

बिर्तामोड ।

झापामा पछिल्लो समय कोरोना संक्रमणको दर पुन बढ्न थालेसंगै स्थानीय तहहरुले आफ्नो क्षेत्र सिल गर्न थालेका छन् । संक्रमण फैलिन नदिन भन्दै बढी संक्रमित भएको क्षेत्रहरु सिल गरेका हुन् ।

कनकाई नगरपालिकाले साउन १६ गतेसम्मलाई सिल गरिएको छ । कनकाई नगरपालिकाले एक सूचना जारी गर्दै ९ गते राती १० बजेदेखि १६ गतेसम्मका लागि सिल गरेको हो । नगरपालिकाले सबै व्यवसाय, बैंक तथा वित्तिय संस्था बन्द गर्न अनुरोध गरेको छ ।

नगरपालिका तथा वडा कार्यालयहरुबाट अत्यावश्यक सेवा बाहेक सबै स्थगन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिए ।

यस्तै अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द गरिएको छ । वडा नं. ८ को कार्यालयले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै बन्द गरेको जनाएको छ ।

साउन ८ गते राती १२ बजेदेखि १५ गतेसम्मका लागि बन्द गरिएको वडाध्यक्ष गोपिचन्द्र गौतमले जानकारी दिए । वडा कार्यालयले सूचना जारी गर्दै शनिश्चरे बजार र आसपासका क्षेत्र पूर्ण रुपमा बन्द गरिने जनाएको छ ।

बजार व्यवस्थापन समिति, च्याम्वर्स अफ कमर्श, उधोग वाणिज्य संघ, टोल विकास समिति समेतको छलफलपछि नागरिकको जीवन रक्षाका लागि बजार क्षेत्र बन्द गर्ने निर्णय भएको वडाध्यक्ष गौतमले जानकारी दिए ।

यसअघि नै बुद्धशान्ति गाँउपालिकाले आफ्नो क्षेत्र सिल गसिकेको छ ।  निषेधाज्ञा खुकुलो भएपछि बजारमा चहलपल बढेको थियो  । कतिपयले सामान्य रुघाखोकीजस्तो ठानेर पचाइरहेका छन् । केरोनालाई सामान्य रुपमा नलिन र सुरक्षित हुन चिकित्सकले सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here