कमल गाउँपालिकामा आज रातीदेखी एक साता लकडाउन

0
785

उमानाथ भण्डारी,
कमल ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण दिन प्रतिदिन वृद्धि भएकोले यसको नियन्त्रण र रोगथाम गर्नकालागी कमल गाउँपालिकाले साउन १३ गते बाट एक हप्ता लकडाउन गर्ने भएको छ ।

गाउँपालिकाको क्षेत्रभित्र रहेका राजनैतिक दलहरुको मिति २०७८ साउन १२ गते बसेको को सर्वदलिय वैठकको निर्णय अनुसार गाउँपालिका क्षेत्रभित्र बढ्दै गएको कोभिड-१९ को संक्रमणलाई कम गर्न विभिन्न निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

सोमवार गरिएको निर्णय अनुसार कमल गाउँपालिकाको क्षेत्रभित्र मिति २०७८ साउन १३ गते राती १२ बजेदेखि २०७८ साल साउन २० गते राति १२ बजे सम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय भएको छ ।

लकडाउनका समयमा औषधी पसल बाहेक सवै प्रकारका व्यापार, व्यवसाय, होटल, रेष्टुरेन्ट, उद्योग, कलकारखाना बन्द रहने छ भने दुग्धजन्य सवारी साधन र दुध डेरी व्यवसाय बिहान १० बजे सम्म र बेलुकी ४ बजेदेखि ६ बजे सम्म मात्र सञ्चालन रहने छ ।

त्यसैग्री स्थानीय क्षेत्रभित्रबाट उत्पादित सागसब्जी, तरकारी, होमडेलिभरी गर्न पाइने तर कमल गाउँपालिका भन्दा बाहिरबाट आयत गरिएका साग सब्जी गाउपालिका क्षेत्रभित्र डेलिभरी गर्न नपाइने

कक्षा ११ को पूर्व प्रकाशित कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन हुने तर होम-ट्यूसन र भौतिक उपस्थितिमा हुने सबै प्रकारका सिकाइ क्रियाकलाप बन्द रहने, वैकल्पीक विधिबाट सञ्चालन हुने शिक्षण सिकाइ क्रियाकलापलाई असर नगर्ने ।

बैंक तथा वित्तिय संस्था, सहकारी, सरकारी कार्यालय, विद्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सबै प्रकारका सेवा बन्द रहने तर विद्यालय तथा अन्य कार्यालयहरुको आन्तरीक प्रशासन सुचारु रहने छ भने अत्यावश्यक बाहेक सबै प्रकारका यातायातका साधनहरु सञ्चालन गर्न पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको कमल गाउँपािलकाका उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here