महिला सहकारीको प्रगति प्रशंसनीय

0
544

बिर्तामोड, जेठ ८। महिला तथा बालबालिका कार्यालय झापाद्वारा प्रबद्र्धित जिल्लाका महिला सहकारी संस्थाले अन्य सहकारी संस्थाको तुलनामा उल्लेख्य प्रगति हासिल गरेको पाइएको छ ।
कार्यालयद्वारा स्वीकृत बार्षिक कार्यक्रम अनुसार महिला सहकारी संस्थाको मूल प्रवाहीकरण समन्वय समिति र विशेष समितिका सदस्यहरुबाट भएको संयुक्त अनुगमनका क्रममा महिला सहकारीका कार्यक्रम उत्कृष्ट र प्रभावकारी भएको पाइएको हो । दुई वटै समितिले जिल्लाका विभिन्न गाविसमा रहेका महिला सहकारीको बुधवार अनुगमनका क्रममा त्यस्तो पाइएको जनाएको छ । टोलीले शनिश्चरे–१को लालीगुराास महिला कृषि सहकारी संस्था, अर्जुनधारा–४को महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था र चारपानेको विवेकशील महिला सहकारी संस्थाको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ ।
समितिकी संयोजक झापाकी प्रमुख महिला विकास अधिकृत तारा अधिकारी थापाको नेतृत्वमा सदस्यहरु जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सागर मिश्र, सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट, डिभिजन सहकारी कार्यालयका प्रमुख नेत्रप्रसाद घिमिरे, कृषि विकास बैक भद्रपुरका प्रबन्धक प्रकाश दाहाल, पशु सेवा कार्यालयका बरिष्ठ चिकित्सक डा. मोहनदेव लेखक, जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरी, पत्रकार महासंघ झापाका सचिव एकराज गिरी, कृषि विकास कार्यालयकी बागबानी विकास अधिकृत कामना अधिकारी भट्टराई, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका टंकप्रसाद प्रसाईं लगायतको टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेको थियो ।
महिला तथा बालबालिका कार्यालयको अगुवाइमा गाउा–गाउाका महिलाहरुलाई संगठित गरी सशक्तीकरणसागै बचत र आय–आर्जनका माध्यमबाट गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको अनुगमनका क्रममा समितिका सदस्यहरुले बताए । २०५४ सालमा प्रति व्यक्ति मासिक २५ रुपैयाा बचत गर्दै संगठित भइ अघि बढेको लालीगुराास महिला सहकारीमा हाल सदस्य संख्या छ सय पचास रहेको शेयर पूाजी १३ लाख, बचत ४० लाख लगानी एक करोड २३ लाख जगेडा कोषमा आठ लाख रुपैयाा रहेको तथा अहिलेसम्म खराब ऋण नरहेको जनाइएको छ । संस्थाकी अध्यक्ष मेनुका पौडेल तथा पवित्रा श्रेष्ठ गिरी लगायतले संस्थाको प्रगति र कार्यक्रम बारे जानकारी गराएका थिए । उक्त संस्थाले भवन निर्माणका लागि हालै सात धुर जग्गा खरिद गरेको, महिलाहरुले उखु खेती, गाइ पालन, बेसार खेती, बाख्रा पालन लगायतका कार्यक्रम संचालन गरेको बताइएको छ ।
त्यस्तै अर्जुनधारा–४को महिला चेतना बहुउद्देश्यीय सहकारीले २०५४ सालबाट २५ जना सदस्यबाट शुरु गरेको काम अहिले आठ सय २५ जना सदस्यमाझ विस्तार भएको ४५ लाख शेयर पूाजी रहेको, ९५ लाख बचत रहेको, एक करोड ४८ लाख ऋण लगानी गरेको, २४ लाख कोषमा रहेको जनाइयो । उक्त संस्थाले बाख्रा पालन, बंगुर पालन, सुपथ मूल्य सहकारी पसल, मल विक्री, गोबर ग्यास प्लान्ट निर्माण, शुलभ शौचालय निर्माण, बेसार खेती, बेसार प्रशोधन उद्योग, डाका बुनाइ लगायतका कार्यक्रम सञ्चालन गरेको अध्यक्ष निलाकुमार दाहाल भण्डारी, संस्थापक अध्यक्ष चन्द्रकला पौडेल, सचिव उमा थापा लगायतले जानकारी गराउनुभयो ।
त्यस्तै चारपानेको विवेकशील महिला कृषि सहकारीले ८० जना महिलालाई संगठित गर्दै हाल दुई सय महिला माझ पुगेको छ । संस्थाले १३ लाख शेयर पूाजी निर्माण गरेको कोषमा १२ लाख रहेको, बचत १४ लाख रहेका र ३१ लाख रुपैयाा ऋण लगानी गरेको अध्यक्ष पार्वता भट्टराई, सचिव चन्द्रा तिम्सिना लगायतले जानकारी गराउनुभयो । संस्थाले आफ्नै भवनमा कपडामा बुटिक भर्ने उद्योग संचालन गरेर छ जनालाई रोजगारी दिएको, संस्थाद्वारा सञ्चालित बाल बचतमा ६३ जना बालबालिका सहभागी रहेको, बेसार खेती लगायतका कार्यक्रम सञ्चालन रहेको जानकारी दिइयो ।
अवलोकन तथा अनुगमनका क्रममा महिला सहकारीमा आवद्ध अध्यक्षहरुले महिला तथा बालबालिका कार्यालयले संस्था जन्माउन निर्वाह गरेको भूमिका र त्यसपछि प्रदान गर्दै आएको सहयोग तथा डिभिजन सहकारीले प्रोत्साहनमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । अवलोकन तथा अनुगमन समितिका सदस्यहरुले सहकारीका राम्रा कामको प्रशंसा गर्दै गाविसका सबै बडाका महिलालाई समेटेर सदस्य संख्या बचत र लगानी बढाउन सुझाव दिएका छन् । झापामा महिला तथा बालबालिका कार्यालयद्वारा प्रबद्र्धिन २४ वटा सहकारी क्रियाशील रहेको र तीन वटा थपिने क्रममा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here