‘राज’ विमलको तृष्णा बजारमा

0
536

(रमा भण्डारी)  bimal

तपाई सबैलाई गीत संगीत मन पर्छ । गीत संगीतले तपाईको सुख दुःख पनि भुलाइदिन्छ । हुन त गीत संगीतको कुनै राष्ट्रियता हुँदैन । यसको कुनै जाति हुँदैन । संगीत आफैमा एउटा धर्म हो । यो कुनै धर्मसंग पनि बाधिएको हुँदैन । संगीतले नै समाजलाई सत्प्रेरणा दिइरहेको हुन्छ । त्यसैले त गीत संगीत हरेक जन जीवनको अंग बनेको छ । पछिल्लो समय गीत संगीतलाई केलाएर हेर्ने हो भने पपका रुपमा, दोहोरीका रुपमा, शास्त्रीय र आधुनिकका रुपमा नेपाली मन छताछुल्ल भएको हामी पाउँछौ । मेलावादेवि, हरिप्रसाद रिमाल, बच्चु कैलाश, तारादेवी, नारायण गोपाल, अरुणा लामा हुँदै योगेश्वर अमात्य, रामकृष्ण ढकाल, अञ्जु पन्त, शिव परियार, राजेशपायल राई, हिमाल सागरसम्म आइपुग्दा नेपाली गीत संगीतले आफ्नै पहिचान बनाएको छ ।
जसरी गीत संगीतका लागि पोखरालाई उर्भर भूमि मानिन्छ त्यसरी नै विस्तारै झापा पनि सर्जक, सष्ठा र संगीत प्रतिको लगावका कारण आगोको ‘फिलुङ्गो’ जस्तै भएर झरझराउदै गइरहेको छ । गीत संगीत प्रति औधी रुची राख्नेहरु र मेहनतीले यसैलाई नै जीवन धान्ने माध्यमसमेत बनाएका छन । धेरैले संगीत, स्वर र शब्दको खेती गरेर जिविकोपार्जन गरेका छन । हुन त गीत संगीतमा लागेर जीवन धान्न नसक्नेले यस क्षेत्रलाई नै टाटा–बाइबाई पनि नगरेका भने पक्कै होइन् । एकाध बाहेक संगीतमा, स्वर र शब्दको खेती गर्ने मानिस जीवन धान्नकै लागि विदेश पलायनसमेत भएका छन् र अरु अन्य पेशामा लागेर जीवन यापन गरिरहेको हामी पाउँछौं । जेहोस् झापाले देशको गीत संगीतमा गौरव गर्ने लायक धेरै प्रतिभा जन्माएको छ । गीत संगीतको उत्पादनशील यस्तो भूमिका राजगढ एउटा गाविसले मात्र  १५ बढी प्रतिभा जन्माएको छ । ति मध्ये सबैले यही क्षेत्रमा लागेर भविष्य उज्ज्वल बनाएका छन् । थरेन्द्र बरालदेखि लिएर  यादव मिश्र, प्रविषा अधिकारी, वशन्त राजंवशी, दिनेश अधिकारी, लगायत थुप्रै प्रतिभाले राजगढलाई चिनाएका छन्, झापालाई चिनाएका छन् अनि नेपाललाई नै चिनाएका छन् ।

bimal 1
पछिल्लो समय उदीयमान प्रतिभाको रुपमा राजगढ–६ निवासी ‘राज’विमल पनि आफ्नो एल्वम ‘तृष्ण’ लिएर बजारमा आएका छन् । काजल म्यूजिक डटकमको प्रस्तुतिमा वजारमा ल्याइएको सो एल्वममा ६ वटा गीत रहेका छन् । २०४७ सालमा जन्मिएका उनले फेरिपनि अर्काे एल्वम निकाल्ने तयारी गरिरेहका छन् । उनी अहिले दोस्रो एल्वमको तारतम्य मिलाउन दैडधुप गरिरहेका छन् । भरभराउदो संगीतको खुल्ला आकासमा उनीपनि गीत संगीतकै माध्यमबाट चिनिन र देशलाई चिनाउन लागेकाछन् भन्दा फरक नपर्ला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here