ब्राउन सुगर सहित एक जना पक्राउ

0
490

झापा ।

झापाको गौरादह नगरपालिका–१ गौरादह बजारबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ भने एक जना फरार रहेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय कृष्णकुमार ताजपुरिया रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ६७६७ नम्बरको मोटरसाईकल चालक रहेका ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको थियो ।

पक्राउ परेका ताजपुरियालाई सोधपुछ गर्दा मैले गौरादह २ का ३९ बर्षीय सुमनकुमार कार्कीबाट खरिद गरेको जानकारी गराएका थिए । जानकारी पाए लगत्तै प्रहरी टोलीले कार्कीको घरकोठा भित्र लागूऔषध ब्राउन सुगर ३० ग्राम फेला पारेको छ ।

सुमनकुमार कार्की भने तत्काल फरार रहेकोले खोजतालस भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here