वैकल्पिक विधिबाट शिक्षण गरिने

२० श्रावण २०७८, बुधबार मा प्रकाशित

पथरीशनिश्चरे ।

कोरोना भाइरसको संक्रमणका कारण प्रत्यक्ष पठनपाठनमा समस्या भएपछि पूर्वी मोरङको पथरीशनिश्चरे नगरमा वैकल्पिक विधिबाट पठनपाठन गराउने विषयमा छलफल भएको छ ।

नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको वैठकले कोरोना संक्रमणका कारण भौतिक उपस्थितीमा पठनपाठन गर्न सम्भव नभएकाले अब उप्रान्त सवै विद्यालयले उपयुक्त वैकल्पिक विधि अपनाएर पठनपाठन गर्ने निर्णय भएको हो ।

अहिले केहि विद्यालयहरुले अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गरेको र वाँकी केहीले पनि उपयुक्त वैकल्पिक विधिबाट पठनपाठन थाल्ने जनाइएको छ ।सो बारे नगर शिक्षा शाखामा जानकारी समेत गराउने निर्णय भएको शिक्षा अधिकृत नविन खुलाल बुढाथोकीले बताउनुभयो ।

सोहि वैठकले आगामी भदौ १५ गते भित्रमा विद्यालयहरुको आ(आफ्नो तथ्याङक अद्यावधिक गर्ने, इआइएमआइएसको नयाँ मोडेलमा विद्यालयका आवश्यक सम्पूर्ण विवरण अपलोड गरिसक्नु पर्ने निर्णय भएको थियो । त्यसैगरी, विद्यालयहरुले वुझाउन वाँकी रहेको आफ्नो प्रगति विवरण भदौ मसान्तभित्र वुझाइसक्ने पनि सो वैठकले निर्णयात्मक निर्देशन दिएको छ ।

नगर शिक्षक महासंघका अध्यक्ष अर्जुनकुमार वुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले र सामाजिक विकास समितिका सदस्य भद्रमान विश्वकर्माको आतिथ्यता रहेको थियो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here