आध्यात्मिक चेतना जगाउदै शिव–दुर्गा भजनकीर्तन मण्डली

0
573

(एकराज गिरी)
बिर्तामोड नगरपालिका–१ जगतवस्ती शान्तिटोल । जहाा हरेक शनिवारसााझ टोलवासी एकै ठाउा जमघट हुन्छन् । त्यस्तो जमघट आलोपालो सबैको घरमा हुने गर्छ । जमघटसागै शुरु हुन्छ– भजन–कीर्तन । यस्तो जमघट र भजन–कीर्तनको अवसर जुटाइदिएको छ– शिव–दुर्गा भजन–कीर्तन मण्डलीले ।
०७० असोजमा टोलमा सामुहिक दुर्गा पूजाको आयोजनासागै टोलवासीको एकता र आध्यात्मिक चेतनाका लागि कीर्तन मण्डलीका आवश्यकता महशुस गरी शिव–दुर्गा भजन–कीर्तन मण्डली नामाकरणसहित गठन गरेर त्यसलाई सक्रिय बनाइएको मण्डलीका अध्यक्ष खड्गबहादुर भण्डारी बताउाछन् ।
टोलमा तीस बढी घर छन् । सबैकोमा शनिवार सााझ हुने भजन–कीर्तनले सामाजिक एकता, सद्भाव, परिचय बढाउनुका साथै आध्यात्मिकतामा डुबेर तनावमुक्त जीवन जीउन प्रेरित गर्ने गरेको मण्डलीकी उपाध्यक्ष डिल्लीमाया आचार्यको भनाइ छ । भण्डारी र आचार्यको भनाइमा समर्थन गर्दै मण्डलीका सचिव प्रेमकुमार खरेल भन्छन्– ‘लागू औषध दुव्र्यसन हटाउने, स्वच्छ र समृद्ध समाज निर्माणमा टेवा पुर्‍याउने, बालबालिकालाई इतिहास संस्कृति धर्मप्रति जागरुक गराउने पनि हाम्रो लक्ष्य हो ।’
भजन–कीर्तनसागै आध्यात्मिक चेतना र नैतिक शिक्षा पनि प्रदान गर्ने गरिएको छ । सााझ हुन साथ बालबालिका, महिला, बृद्धबृद्धा सबै उत्साहका साथ भजन–कीर्तनका लागि तम्तयार हुने गरेका छन् । आजको शनिवार कस्कोमा ? भजन–कीर्तन हुने छ भन्ने घोषणा अघिल्लै शनिवारको भजन–कीर्तन समापनसागै हुने गर्छ । त्यसले गर्दा पुन: सबैलाई खबर गर्नुपर्ने झञ्झट नहुने मण्डलीकी कोषाध्यक्ष लीला अधिकारी बताउाछिन् । भजन–कीर्तनको शुरुमा घरधनीको परिचयसहित ॐकार जपेर कार्य अघि बढाइने गरिएको छ । भजन–कीर्तनको बीच–बीचमा आध्यात्मिक प्रवचन, छोटो–छोटो रुपमा सहभागीहरुबाटै प्रस्तुत हुने गरेको छ । बालबालिकादेखि बृद्धबृद्धासम्म भजन गाउन उत्तिकै पोख्त बन्दै गएका छन् । अझ टोलवासी महिलाको सक्रियता अझ प्रशंसनीय लाग्छ ।
स्थानीय टोलवासी डिल्लीमाया आचार्य, गीता ढुंगाना, सावित्रा भण्डारी, खड्ग भण्डारी, प्रेम खरेल, देवेन्द्र हुमागाई, मुना खरेल, निशा संग्रौला, रीता राई, टीका लेप्चा, लीला अधिकारी, अम्बिका आचार्य, अजिता भण्डारी, लोकमाया खरेल, प्रतिमा पराजुली, रोशन खरेल लगायतले भजन–कीर्तनको गायन र अन्य कार्यमा अगुवाइ गर्ने गरेका छन् भने भजन गाउन बाल प्रतिभाहरु रोहन खरेल, अनुष्का संग्रौला, समृद्धि गिरी, जाम्वी कटुवाल लगायत पनि प्रस्फुटित भइरहेका छन् । हरेक शनिवारसााझ हारमोनी, ढोलक र कर्ताल तथा साउण्डसेटका साथ शुरु हुने भजन–कीर्तनमा स्थानीय देवनारायण ढुंगाना, रुद्रप्रसाद दाहाल लगायतलेसमेत उत्तिकै साथ दिएको पाइन्छ । जगतवस्ती शान्तिटोलमै बसेर पनि भजन–कीर्तनमा चासो नराख्ने, सहभागी नहुनेहरुप्रति कीर्तन–मण्डलीले गुनासो र खिन्नता प्रकट गरेको छ । मण्डलीको एउटै स्वर छ– ‘यो सबैको साझा र सबैको हितका लागि भएको हुनाले यसमा समय निकालेर भएपनि समस्त टोलवासीको अनिवार्य सहभागिता आवश्यक छ, जसले टोलवासीको लक्ष्य र कार्यलाई सार्थक बनाउाछ ।’
शिव दुर्गा भजन–कीर्तन मण्डलीको सक्रियता र आध्यात्मिक क्षेत्रमा तथा संस्कृति संरक्षणका क्षेत्रमा पुर्‍याएको योगदानलाई प्रोत्साहित गर्न विभिन्न क्षेत्र र व्यक्तिहरुले सहयोग समेत प्रदान गरेका छन् । केही समयअघि अञ्जनी संग्रौलाले दश हजार, झापाको संस्कृति संरक्षण समूहले पााच हजार, विक्रम र विद्या दाहालले १० हजार, दीपक भट्टराईले एक थान ढोलक मण्डलीलाई प्रदान गरेका छन् । मण्डलीलाई अझै प्रभावकारी बनाउन अन्य बाजागाजाको आवश्यकता परेको र इच्छुक सहयोग दाताहरुलाई सहयोग गरिदिनुहुन मण्डलीले आग्रह समेत गरेको छ । मण्डलीसाग अहिले २१ हजार रुपैयाा नगद बचत रहेको छ । भजन–कीर्तनसागै स्वेच्छाले सम्बन्धित घरबाट मण्डलीलाई प्रदान हुने नगद दानबाट उक्त रकम संकलन भएको बताइएको छ । मण्डलीले भावी लक्ष्य राखेको छ– ‘जगतवस्ती शान्तिटोलमै दुर्गा मन्दिर बनाएर त्यहाा हरेकसााझ भजन–कीर्तनमार्फत अध्यात्म सन्देश धर्म र संस्कृतिलाई संस्थागत गर्ने ।’ पछिल्लो पिढीले हाम्रा इतिहास कला–संस्कृति, धर्मलाई भूल्लान कि भनेर जगतवस्ती शान्ति टोलवासी चिन्तित मात्र छैनन् भजन–कीर्तनमा आफ्ना सन्ततीलाई सागसागै सरिक समेत गराउने गर्दछन् । जगतवस्ती शान्ति टोलवासीको भावी लक्ष्य पूरा गर्नलाई भने सबैको सहयोगको आवश्यकता छ । लक्ष्य पूरा होस्, भजन–कीर्तन मण्डलीको प्रभावकारिता बढेर जाओस्, अरुले पनि सिकुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here