अन्धुवा खोला सरसफाई

0
476

balaram 1
बिर्तामोड, जेठ १० । झापा उद्योग वाणिज्य संघसँगको सहकार्यमा ‘एकता हेड्स नेपाल’ले आज शनिबार अदुवा खोला सरसफाई गरेको छ । पछिल्लो समय बिर्तामोडमा फोहोरमैला बढ्दै गएको भन्दै  फोहोरमैला व्यवस्थापनमा जुटिरहेको संस्था ‘एकता हेड्स नेपाल’ले नगरलाई सफा बनाउनु पर्छ भन्दै अभियान चलाएपछि उद्योग वाणिज्य संघ शाखा  कार्यालय बिर्तामोडले बिर्तामोडमा रहेका विभिन्न संघ संस्थालाई आवद्ध गराउदै नगर सरसफाई गरेको हो ।

 

balaram
अनामनी र चारपानेलाई मिलाएर सरकारले बिर्तामोड नगरपालिका घोषणा गरेसंगै नगरलाई सफा राख्न नगरवासीले समेत चासो देखाएका छन् ।  यसअघि बिर्तामोडका बिभिन्न स्थानमा वाणिज्य संघले  फोहोर व्यवस्थापनका लागि  डष्टबीन समेत राखेको थियो ।  बिर्तामोड नगरपालिकासँगको समेत सहयोगमा बिहान ७ बजेबाट शुरु भएको सरसफाई कार्यक्रममा एकता हेड्स नेपालका पदाधिकारीहरु, झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, संघका पदाधिकारी, नगरपालिकाका केही कर्मचारी, जेसीज र सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । खोला सरसफाइ कार्यक्रममा बोल्दै बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले राम्रो कामलाई वाणिज्य संघले सधैं सघाउने बताए । उनले सकारात्मक कार्यमा पनि न्यून उपस्थिति रहेकोमा प्रति  दुःख व्यक्त गरे । ‘बिर्तामोडको फोहोर सफा गर्न एउटा संस्थाले मात्र कहाँ सक्छ र भन्दै अध्यक्ष कार्कीले भने –‘ घरको फोहोर फाल्नेले सफा गर्न पनि जाँगर देखाउनुप¥यो अनि मात्र बिर्तामोड नगरपालिकालाई सुन्दर बनाउन सकिन्छ ।’
कार्यक्रममा एकता हेड्स नेपालकी अध्यक्ष राधिका सिटौलाले आयोजकका अलावा अन्य थोरै संस्थाले मात्र सहयोग गरेकोमा दुःख व्यक्त गरिन् । ‘आफ्नो ठाउँ आफैं बनाऔं भन्ने उद्देश्यले सफा सहर बनाउन खोज्दैछौं ।’ सिटौलाले भनिन्– ‘ तर यस्तो कार्यमा पनि कसैले सघाउनु भएन, साह्रै दुःख लागेको छ ।’ यता  वाणिज्य संघ बिर्तामोडका भेषराज भण्डारी प्रशान्तले फोहेरमैला व्यवस्थापन गर्नु सबैको दायित्व भएको बताए । ‘फ्याँक्न चाहिँ फ्याँक्ने अनि सफा गर्न चाहिँ कोही नआउने ?’– उनले आक्रोश व्यक्त गरे । कार्यक्रममा एकता हेड्सका  सचिव पुष्प पाठक, कृषिथोक बजारका व्यवसायी तीलबहादुर विष्टले लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here