बिर्तामोडको निदि माविद्वारा चार जना विद्यार्थी सम्मानित

0
1308

सुरुङ्गा ।

निदि माध्यमिक विद्यालय बिर्तामोडले सोही विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका चार जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस तथा बीडीएसतर्फको कार्यक्रमका लागि भएको प्रवेश परीक्षामा सफल हुने विद्यार्थीलाई सम्मान गरिएको हो ।

प्रवेश परीक्षा–२०७८ मा एमबीबीएसतर्फ अनिष गुरागाई र यादव भुजेल तथा बीडीएसतर्फ अम्बिका तिवारी र नेलिशा प्रसाईंले छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका थिए ।

विश्वविद्यालयका आ–आफ्ना अध्ययन संस्थानहरुले अलग अलग प्रवेश परीक्षा सञ्चालन गर्दै आएकामा यो वर्षदेखि चिकित्सा शिक्षा आयोगले एकीकृत रुपमा सञ्चालन गर्न शुरु गरेको छ ।

निदि मावि तथा इन्द्रेणी क्याम्पसद्वारा आयोजित लक्ष्मीप्रसाद निरौलाको अध्यक्षतामा भएको सो कार्यक्रममा शैक्षिक कार्यक्रम संयोजक अनिलकुमार झा, सञ्चारकर्मीद्वय देवी गौतम र पुष्प बराल, अभिभावक युवराज प्रसाईं लगायतको आतिथ्य रहेको थियो । सम्मानित विद्यार्थीलाई उच्च तहमा अझ बढी सफलता प्राप्त गरी आफ्नो परिवार, विद्यालय, समाज र राष्ट्रको सेवा गर्न प्रगतिको शुभकामना दिइएको थियो ।

इन्द्रेणी क्याम्पसका क्याम्पस प्रमुख रन्जितकुमार साहले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन जीवविज्ञान विषय शिक्षक तुलसीराम खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here