उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भनि ठगी गर्ने पक्राउ

0
446

झापा ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटी केआइसिंह गाउँपालिका–६ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका–७ बस्ने २६ वर्षीय कुशल भट्ट भनिने केशवराज भट्ट छन् । महानगरीय अपराध महाशाखाको टोलीले भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनले निजामती कर्मचारीको पोशाक लगाएर उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा पारी ठगी गरेको खुलेको महाशाखाले जनाएको छ ।

भट्ट यसअघि साइबर क्राइम र ठगी मुद्दामा जिल्ला अदालतमा एक वर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तानी गरिसकेको व्यक्ति रहेको महाशाखाले जनाएको छ । उनलाई २०७५ चैत्र २६ गते महाशाखाले पक्राउ गरेको थियो ।

उनीबाट कोही व्यक्तिहरु पीडित भएको भए महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । भट्टले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत् आफू परराष्ट्र मन्त्रालयको सह–सचिव समेत हुँ भनि ठगी गर्दै आएकोसमेत खुलेको महाशाखाले जनाएको छ । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here