भद्रपुरमा पोल वितरण नहुँदा विद्युतीय जोखिम

0
1027

रेवतीराज घिमिरे,भद्रपुर । 

झापाको भद्रपुर ९ निवासी स्थानीयहरुले विद्युत प्राधिकरण भद्रपुर वितरण शाखाले बस्ति बसेको घरधुरीको आधारमा पोल वितरण नगरिदिँदा आफुहरु विद्युतीय जोखिममा रहेको बताएका छन् ।

उनीहरुले मुख्य राजमार्गका पोलहरुबाट तार तानेर १, २ किलो मिटर टाढा सम्मको बस्ती सम्म बासको साटोमा तार बेरेर लैजानु पर्दा हावा हुरी र चट्याङ्ग परेको बेला तार चुटिने र विद्युत सर्ट भइ आगलागि समेत हुन सक्ने संभावीत दुर्घट्नाले आफुहरु अत्यान्तै जोखिममा रहेको बताएका हुन् ।

प्राधिकरणले बस्ती नभएको ठाउमा पहुंचका भरमा तत्काल पोल पुर्याई दिने र बर्षौ देखि बस्ती भएको ठाउमा भने जतिनै आवाज उठाए पनि पोल दिन कन्जुस्याइ गर्दा जोखिम दिनदिनै बढेर गएको उनिहरु बताउछन् ।

पुरानो मकायको काठको पोल भद्रपुरनगरपालिका भित्र हटाई सकियो भनेर भन्ने तर नहटाउने र बस्ती भएको ठाँउमा समेत प्राधिकरणले पोल विस्तार नगरिदिँदा आफुहरुलाई रातमा निन्द्रा न दिनमा भोक भएको स्थानीयहरुको भनाई छ ।

जोखिमयुक्त अवस्थामा केहि समयका लागि मात्र भनेर ल्याईएका तारबाट हावाहुरी बतास आउदा तार सर्ट भई आफुहरुको घरपरिवारमा हुने डरले जहिले पनि त्रासमा बस्नु परेको स्थानीयहरुको गुनासो छ ।

आफ्नो पोलको अभावमा टिनको छाना गरेको घरमा बर्षैादेखि विद्युतीय तार झुण्डिएको र तार को व्यावस्थापन गर्न आफुले पटक पटक प्राधिकरणमा निवेदन दिए पनि प्रधिकरणले नसुनेको केदारेश्वर टोल विकास संस्था अन्र्तगत डाफे मिलन चौक निवासी घर धनी तिलकप्रसाद बुढाथोकीले बताउनु भयो ।

उहांले तत्काल झुण्यिका छरपष्ट तारहरुको व्यावस्थापन गर्दै पोलको विस्तार गर्न माग गर्दै हावाहुरी आएर तार सर्ट भई घर जल्ने अबस्था सिर्जना भएमा त्यसको जिम्मेवार प्राधिकरणले लिनु पर्ने उहांको भनाई छ ।

आफुहरुले प्राधिकरणमा पोल विस्तारको लागि निवेदन दिएको र प्राधिकरणले निवेदन दिए पश्चात अनुगमन समेत गरे पनि महिनौ वितिसक्दा पनि विस्तारको कार्यामा सुनुवाइृ नगर्दा उत्त अनुगमनको समेत कुनै अर्थ नभएको आम टोलनिवासीहरुको भनाइ छ ।

पोलको अभावका कारण हाईवेदेखि वासको साटोमा तार बेरेर घर बस्ती भएको ठांउमा लगि विद्युत प्रयोग गर्दा २ , २ महिनामा वासका साटाहरु फेर्नु पर्ने खेतवारीमा तार झुण्डियर खेती गर्न समेत समस्या हने गरेको सिंग्रिभिट्टा निवासी स्थानीय नारायण शंकरले बताए ।

उनले यस्तो अबस्थामा तारको व्यावस्थापन नहुदा आफुहरु हावाहुरी बतास आउदा जुनसुकै बेला पनि विद्युत्तिय जोखिममा रहेको उहाको भानाइ छ । यस्तो जोखिपुर्ण तरिकाले प्रयोग गरिएको बत्तिको वील समेत पुरै तिर्नु पर्ने बाध्यता रहेको र सबै कुराहरुमा प्राधिकरणले आफुहरुलाइृ अन्याय गरेको उहांहरुको भनाई छ ।

उत्त क्षेत्रका आम उपभोत्ताहरुले आफुहरुले दिएको निवेदनका आधारमा तत्काल पोल विस्तार गरि जोखिम हटाइ आफुलहरुको माग सुनुवाइृ गर्नु पर्ने समेत बतायका छन् । उनीहरुले सरकारले अतिविपन्न परिवारलाइ मिटर बक्स दिने निर्णय गरे बमोजीम पैसा जम्मा गरे पनि अहिले सम्म मिटर नपाएको विपन्न स्थानीयहरुको गुनासो रहेको छ ।

स्थानीयहरुका उक्त मागहरु पुरा गर्न वार्ड कार्यालयबाट सिफारिस गरि पठाई सकिएकोले प्राधिकरणले माग सुनुवाइृ गरि तत्काल समस्याको समाधान गरिदनिु पर्ने वार्ड न ९ का जनप्रतिनिधि नुतन पौडेलले वताउनुभयो ।

बस्ती नभएको ठाउंमा पोल विस्तार गर्नु को सट्टा बस्ती भएको ठांउमा पोल विस्तार गरि समस्याको समाधान गर्नु पर्ने आम स्थानीय उपभोक्ताहरुको भनाइ छ । यता प्राधिकरण प्रमुख संजीव शाहले भने निरन्तरताको लकडाउनका कारण समयमा काम हुन नसकेको स्वीकार्दै लकडाउन खुलेसंगै सबै कार्याहरु निरन्तर गरिदै लगिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here