सवारी दुर्घटनामा एक युवतीको मृत्यु

0
751

झापा ।

झापाको बाह्रदशीमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

चालकले मादक पदार्थ सेवन गरेर कार चलाउँदा स्कुटीमा सवार युवतीको मृत्यु भएको प्रहरीले बताएको छ । लक्ष्मीपुर–फूलबारी सडक अन्तर्गत बाह्रदशी– ७ मा आइतबार राती पौने नौ बजे कारले स्कुटीलाई ठक्कर दिँदा स्कुटीको पछाडी सवार युवतीको घटना स्थलमै मृत्युभएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक प्रवक्ता राकेश थापाले दिएको जानकारी अनुसार प्रदेश १–०१–०१२ प १९४२ नम्बरको स्कुटीको पछाडी सवार सिरहाको लहान नगरपालिका बस्ने सरस्वती मगरको घटनास्थलमै मृत्यु भएको हो । स्कुटी चालक बाह्रदशी गाउँपालिका वडा नम्बर ७ बस्ने प्रमिता कार्की गम्भीर घाइते भएकी छन् ।

उनको बिर्तामोडस्थित वएिण्डसी अस्पतालमा उपचार भइरहेको छ । फुलबारीबाट लक्ष्मीपुर तर्फ आउने क्रममा सोही दिशाबाट आएको प्रदेश १–०१–००१च ७२७७ नम्बरको निजी कारले स्कुटीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार कार चालक इलाम जोगमाई गाउँपालिका वडा नम्बर २ बस्ने ३२ जङ्गबहादुर बस्नेतले अधिक मापसे गरेर कार चलाउँदा दुर्घटना भएको हो । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here