‘डाबासेपामा’ धाममा नवनिर्मित दुई वटा ट्रस्टको उद्घाटन

0
672

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ पाराखोपीस्थित डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाम परिसरमा नवनिर्मित दुई वटा ट्रस्टको बिहीबार एक कार्यक्रमकोबीच उद्घाटन गरिएको छ ।

धाम उत्पत्तीकर्ता विकास राईबाट उद्घाटन गरिएको ट्रस्टहरु सामाजिक अभियन्ताद्वय मीना राई र चर्तुभूज काफ्लेको समन्वयमा दाताहरुबाट प्राप्त आर्थिक सहयोगबाट निर्माण गरिएको धाम संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर मगर “काली”ले जानकारी दिए ।

धाम परिसरभित्र रहेको साँइली पाथीभरा माताको पूजास्थल र धाम बाहिर रहेको पूजास्थलमा निर्माण गरिएको उक्त ट्रस्टको जम्मा लागत एक लाख रुपैयाँ रहेको सामाजिक अभियन्ता राईले जानकारी दिइन् ।

ट्रस्ट निर्माणको लागि हाल अमेरिकामा रहेका दाता रमेशकुमार राई र मनोज राईबाट जनही २५ हजार रुपैयाँ प्राप्त भएको बताइएको छ । त्यसैगरी हाल दुबईमा रहेका तारा बुढाथोकी, इन्द्रमाया राई, तारा सुब्बा, मीना राई र सुमीन्द्र तिम्सिनाबाट जनही १० हजार रुपैयाँ प्रदान गरिएको बताइएको छ ।

सोही कार्यक्रमको अवसरमा दाता बुढाथोकीबाट स्थानीय दुई जना ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा फूलकुमारी दनुवार र मनमाया लिम्बु रहेका छन् ।

समितिका अध्यक्ष मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा दाताहरुलाई धामको तस्बिर प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here