संक्रमितलाई स्वास्थ्य सामग्री

0
551

पथरीशनिश्चरे,

कारितास नेपालले मोरङको पथरीशनिश्चरे नगरपालिकाले १० दिनभित्रका संक्रमितलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कारितास इन्टरनेशनलको सहयोगमा कारितास नेपाल दमकमार्फत विहीवार दिउँसो वडा नम्बर २ र ३ का संक्रमितहरुलाई घर घर गैं आत्मबल बढाउन र स्वास्थ्य मापदण्ड पुरा गरी संक्रमणमुक्त वन्न सीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ३ नम्बर वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, कार्यपालिका सदस्य मायामेगी गुरुङ, वडा सदस्य गिरीराज भट्टराई, २ नम्बर वडा सदस्य एवम् न्यायिक समिति सदस्य पर्शुराम न्यौपाने, स्वास्थ्य शाखा कर्मचारी जगतप्रसाद मगर, कारितास नेपाल दमकका प्रतिनिधि गोविन्दराज कट्टेल सहितले सामग्री वितरण गर्नुभएको हो । कोरोना संक्रमण भएको १० दिनभित्रका सक्रिय संक्रमितका लागि सामग्री वितरणको कार्यक्रम अघि सारेको छ ।

जसमा, २ वटा सेनिटाइजर, २ प्याकेज सर्जिकल मास्क, १ प्याकेट ग्लोब्स, एउटा ह्याण्ड वास, एउटा पल्स अक्सिमिटर, एउटा डिजिटल थर्ममिटर र सिटामोल सहितको प्याकेज रहेको किड वितरण भएको हो । सामग्री सहित घर घरमा जनप्रतिनिधि आएर आत्मबल बढाउँदा संक्रिमितहरु खुसी बनेका छन् ।

वडा नम्बर २ र ३ मा गरी संक्रमित २० परिवारलाई र हिजो वडा नम्बर १ का संक्रमितका साथै १० मा रहेको भूटानी शरणार्थी शिविरका एकजना संक्रमितलाई समेत २० घर परिवारलाई सामग्री वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here