बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको पद हस्तान्तरण सम्पन्न

0
674

झापा, बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको सपथ ग्रहण तथा पद हस्तान्तरण समारोह सम्पन्न भएको छ ।

१ नं. प्रदेश विभागका रजिष्टार बलराम निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाबीच पद हस्तान्तरण सम्पन्न भएको हो ।
संघको अध्यक्षमा तुलाराम न्यौपानेसहित वरिष्ठ उपाध्यक्षमा उपेन्द्रप्रसाद ओली, उपाध्यक्षमा विशेश्वरप्रसाद भट्टराई, चन्द्रकुमारी खड्का भट्टराई, सचिवमा यामकुमार चुडाल, सहसचिवमा कमलकुमार घिमिरे र कोषाध्यक्षमा गोविन्दप्रसाद पौडेल चयन भएका थिए ।

समितिको सदस्यमा सुशीला रिजाल, हिमालयप्रकाश कन्दङ्वा, देविका निरौला बस्नेत, दिपक शिवाकोटी, गोकुल न्यौपाने, बालाकृष्ण गौतम, विनोद ढकाल र कृष्णप्रसाद पोखरेल चयन भएका थिए ।
त्यस्तै लेखा समिति संयोजकमा रेवती खनाल र सदस्यमा राजेन्द्र रिजाल तथा त्रिलोचन गौतम चयन भएका थिए । उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि निरौलाले प्रमाणपत्र प्रदान गरेका थिए ।

बचत तथा ऋण सहकारी संघ लिमिटेडका निवर्तमान अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सहकारी संघका सचिव भानु दंगाल, निर्वाचन अधिकृत डिल्ली दाहाल लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here