कमेडी च्याम्पियनका भरतमणिलाई स्वागत

0
999

फुङ्लिङ,

कमेडी च्याम्पियन–२ को उत्कृष्ट ९फाइनलिष्ट०मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा आज स्वागत गरिएको छ ।

ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल ¥यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लावासीले उहाँलाई बजार परिक्रमा गराएको थियो ।

कमेडी च्याम्पियन सिजनको दुई को उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले उहाँलाई फूलमाला, खादा र अबिर प्रदान गर्नुभएको थियो । पौडेलले काबेली बजारबाट आर्शिवाद लिँदै फुङलिङ बजार परिक्रमा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here