पथरी उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि मिश्रित परिणाम आउने संकेत

0
423

पथरिशनिश्चरे,

पथरी उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि सम्पन्न निर्वाचनको पछिल्लो मत गणना जारी रहँदा मिश्रित परिणाम आउने सम्भावना देखिएको छ । उक्त निर्वाचनमा खसेको जम्मा १४ सय ५८ मध्यें ८०० मतपत्र गणना भैरहुँदा उक्त नतिजा आउने संकेत देखिएको हो ।

मंगलबार साँझ पख ८:३०बजेसम्ममा ८०० मतपत्र गणना हुँदा ४ दलीय संयूक्त गठबन्धनका अध्यक्ष पदका उम्मेदवार धनकुमार तामाङले सामान्य अन्तरले अग्रता लिईरहेका छन् ।
पछिल्लो मतगणना अनुसार संयुक्त गठबन्धनको अध्यक्ष पदका उम्मेदवार धनकुमार तामाङले ४ सय २ मत प्राप्त गरेर अग्रता लिएका छन् भने उनका निकटतम प्रत्यासी दिपक बस्नेतले ३ सय ७७मत पाउनुभएको हो ।

यसैगरी, संस्थापन पक्षका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार यादवचन्द्र दुलालले ४२० मत पाएका छन् भने गठबन्धनको साझा प्यानलका उम्मेदवार ओमप्रसाद राईले ३१० मत प्राप्त गरेका हुन् ।
त्यसैगरी, उपाध्यक्ष पदका लागि सस्थापनकी उम्मेदवार आशा राईले ४२२ मत ल्याई रहँदा संयुक्त गठबन्धनका रविन्द्र कुमार राईले ३१९ मत पाएकाे निर्वाचन समितिले सूचना सार्वजनिक गरेको छ ।

संघको १ सदस्यीय महासचिव पदकालागि उम्मेदवारी दिएका गठबन्धनका राजेन्द्र बस्नेतले ४१० मत प्राप्त गरेका छन् भने संस्थापन समूहका उम्मेदवार अशोक कुमार राईले ३२४ मत पाउनुभएको छ । संघको वाणिज्य सचिव-(१ पद)का लागि उम्मेदवारी दिएका संस्थापन पक्षका उम्मेदवार ईश्वरी सापकोटाले ३०९ मत , संयुक्त गठबन्धनका खेमनाथ ढुंगेलले २४० र
स्वतन्त्र उम्मेदवार टुङकुमार श्रेष्ठले १५६ मत प्राप्त गरेका हुन् ।

उद्योग सचिव (१ का लागि ) गठबन्धनका प्रेम प्रसाद सूवेदीले ३४५ मत पाएका छन् भने संस्थापन पक्षका उम्मेदवार मान बहादुर श्रेष्ठले ३६८ मत प्राप्त गरेका छन्। त्यस्तै, कोषाध्यक्ष -१ पदका लागि गठबन्धनका तर्फबाट उम्मेदवार विजयजंग बस्नेतले ४०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संस्थापनका उद्धवराज बस्नेतले ३१० मत पाएका हुन् ।

महिला सदस्य-२ का लागि भएको निर्वाचनमा गठबन्धनको उम्मेदवारदय देवी राई र मिया राईले क्रमशः ४७३ र २८१ मत पाएर अग्रता लिएका छन् भने संस्थापन पक्षका उम्मेदवारहरू जुनी थपलिया (२७४) र मुना पाण्डेले २३१ मत प्राप्त गरेका छन् । यसैगरी, खुल्ला सदस्य-४ जनाका लागि भएको निर्वाचनमा गठबन्धन अगाडि बढीरहेको छ भने लेखा संयोजक -१ र लेखा सदस्य-२ जनाका लागि पनि गठबन्धनका उम्मेदवार अगाडी रहेका छन् ।

कूल १७ सय २० जना मतदाता रहेको सो संघको हिजो सम्पन्न भएको निर्वाचनमा १४ सय ५८ मत खसेको थियो । जारी मतगणनाको नतिजा आज राति अबेरसम्ममा प्रकाशित गरिने संकेत निर्वाचन समितिले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here