उत्तरी नाकामा अझै अवरोध

0
633

 


२०७२ सालको विनासकारी भूकम्प पश्चात अवरोध भएको चीनसँगको उत्तरी नाकाहरु चीन सरकारको असहयोगको कारण अझै सहज बन्न सकेको छैन । चीनले कोरोनाको प्रभाव देखाएर ल्हासा गोदाम र विभिन्न स्थलमार्थमा थन्किएका नेपालीहरुले आायात गरेको सामानमा लगाएको प्रतिवन्धका कारण व्यवसायीहरु समस्यामा परेका छन् । रसुवा गडी र तातोपानी नाकाको स्थल मार्गमै दिनदिनै अवरोध हुन थालेपछि नेपाली व्यवसायीहरुले भारतको बाटो भएर दक्षिणी नाकाबाट व्यवसाय गरिरहेका छन् । सामान आायातमा असहज एकातिर छदैछ । नेपाल चीन व्यवसायमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै आइरहेका नेपाली व्यवसायीलाई कोरोनाको कारण देखाउँदै चीन प्रवेशमा नै रोक लगाइएको छ । यसबाट नेपाली व्यवसायीहरुले माग अनुसारको सामानहरु अर्डर गर्न पनि सकिरहेका छैनन् । पछिल्लो समय नेपाली व्यवसायीहरुले आफै चीन गएर सामान अर्डर गर्ने र अर्डर गरेका सामान छुटाउँदै आइरहेका थिए । तर, अहिले चीनको प्रतिवन्धका कारण चीन प्रवेश गर्न असहज भएपछि अघिल्लो वर्ष अर्डर गरेका सामान पनि ल्याउन सकिरहेका छैनन् ।

यसबाट नेपाली व्यवसायीले करोडौं नोक्सानी व्यहोर्नु परिरहेको छ । समयमा अर्डर गरेका सामान नआउँदा बिक्री नहुने समस्या भोगिइरहेका छन् । चीनको मुख्य व्यापारिक स्थल ग्वान्जाउ, इउल लगायत व्यापारिक स्थलबाट स्थल मार्गबाट १२ दिनमा नेपाल भित्रिने सामान जल मार्गबाट ल्याउँदा ४० दिन लाग्ने र मौसम अनुसारका सामान समयमा आइनपुग्दा सामान बिक्री नहुने समस्या व्यापारीहरुले व्यहोरिरहेका छन् । कुनै पनि सामान बजारमा ल्याउनुभन्दा तीन महिना अगाडि नै अर्डर गरी सक्नुपर्ने अवस्था छ ।

यस्तो परिस्थितिले सामान बिक्री हुनु अगाडि नै व्यापारीहरुले करोडौं रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । नेपाली व्यवसायीहरुले खरिद गरेको सामान उत्तरी नाकाबाट सहजरुपमा आयात गर्न नपाउँदा व्यवसायीहरुलाई अर्बौं रुपैयाँ नोक्सानी भएको व्यवसायीहरु बताउँछन् । चिनिया अधिकारीहरुले रसुवागडी र केरुङ्ग नाकाबाट दैनिक पाँचदेखि छ कन्टेनर मात्र सामान नेपाल पठाउने नीतिलाई निरन्तरता दिएपछि व्यवसायीहरु चीनसँग रुष्ट भएका छ । चीनको अवरोधका कारण स्थलमार्गको झन्झट कहिले सहज नहुने भएपछि व्यवसायीहरुले दक्षिण नाका प्रयोग गर्न थालेका छन् । व्यवसायीहरुका अनुसार चिनिया अधिकारीहरुले तातोपानी र रसुवागढी नाकामा गरेको असहयोगको कारणले एक वर्षअघि खरिद गरिएका सामानहरु अझै ल्हासा गोदाममा थन्किएका छन् ।

सीमामा चिनिया अधिकारीहरुले कन्टेनर अभाव देखाउने, दुवानी भाडा बढाउने, दैनिक सिमित परिमाण मात्र सामान नेपाल भित्र्याउन दिने रणनीति अपनाएपछि नेपाली व्यवसायीहरु मारमा परेका छन् । हाल पनि तातोपानी र रसुवागडी नाकाबाट दैनिक चारदेखि पाँच कन्टेनर मात्र सामान चिनिया पक्षले छोड्ने गरेको छ । व्यवसायीहरुले उत्तरी सीमामा चिनिया अधिकारीहरुको असहयोगको कारणले नेपाली व्यवसायी मारमा परिरहेका छन् । सहज परिस्थिति हुँदा पनि आफूले खरिद गरेको सामान ल्याउन चिनिया पक्षले अवरोध गर्ने गरेको व्यवसायीहरु बताउँछन् । सरकारी तहबाट नै गरिएको अनुरोधलाई समेत चिनिया पक्षले बेवास्ता गर्दै सिमामा अझ असहयोग गरिरहेको व्यवसायीहरु बताउँछन् । केरुङ्ग र ल्हासामा थन्किएका केही सामान नेपाल भित्रिए पनि अझै धेरै कन्टेनर सिमामा नै अड्किएका छन् ।

उत्तरी नाकामा भएको असहयोग र असहजताको कारणले गर्दा व्यापारीहरुले दक्षिणी नाका हुँदै जलमार्गबाट सामान आायात गरिरहेका छन् । चीनले बाहिपहिरो, भूकम्प र कोरोनाको कारण देखाउँदै नाकामा असहयोग गर्दै आइरेको छ । सहज रुपमा चीन प्रवेशमा समेत अवरोध र्सिजना गरेका चिनिया अधिकारीले लामो समयसम्म नाकामा गरेको अवरोधका कारण नेपाली व्यवसायीहरुले अर्बौं रुपैयाँ घाटा व्यहोर्नु परेको व्यवायीहरुको गुनासो छ । चिनिया पक्षको असहयोग र झन्झटिलो प्रक्रियाले गर्दा चीनसँगको व्यापारमा खासै उपलब्धि हुन सकेको छैन । त्यहीकारणले चीनसँगको व्यापार घाटा बढेर गइरहेको व्यवसायीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here