टिपरको ठक्करबाट बालिकाको मृत्यु

0
557

सुनसरी।

सुनसरीको दुहबी नगरपालिका–९ छाताबेली स्थित जयबाबा ईट्टाभट्टा उद्योग भित्र टिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लामकी छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् । को १ ख ५४५१ नम्बरको टिपरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो ।

टिपर र चालक धनकुटा सहिदभूमी गाऊपालिका ४ का ३० बर्षीय हेमराज राई इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here