झापाका हिरासहित प्रदेशमा पाँच मन्त्री नियुक्त

0
793

झापा।

प्रदेश १ मा बुधवार मन्त्रिपरिषद् विस्तार भएको छ । नव नियुक्त भएका मन्त्रीहरूमा संखुवासभाका तुलसीप्रसाद न्यौपाने, झापाका हिराकुमार थापा रहेका छन् भने राज्यमन्त्रीमा सोलुखुम्बुका उत्तमकुमार बस्नेत, मोरङका लीलाबल्लभ अधिकारी र ज्ञानेश्वर राजवंशी रहेका छन् ।

न्यौपानेले आर्थिक मामिला तथा योजना मन्त्रालय र थापाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सम्हालेका छन् । त्यस्तै बस्नेतले उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा राजवंशी र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा अधिकारीले राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

एमालेबाट १० जना सांसद नेकपा एकीकृत समाजवादीमा गएपछि अहिले एमालेको सरकार अल्पमतमा परेको छ । हाल प्रदेश सभामा कायम रहेको ९२ जना सांसदमध्ये एमालेको ५१ जना रहेको थियो । त्यसमा १० जना नेकपा एकीकृत समाजवादीमा गएपछि सभामुखसहित एमालेको सांसद संख्या ४१ हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here