विपद् व्यवस्थापनमा कारितास नेपालको भूमिका प्रशंसनीय

0
489

उमानाथ भण्डारी,
कमल ।

कारितास नेपालले विपद् व्यवस्थापनमाका समयमा गरेको सहयोगको कार्यक्रमका सहभागीहरुले प्रशंसा गरेका छन् । कारितास नेपालको क्षेत्रिय कार्यलय दमकले विहिवार दमकमा सरोकारवाल निकाय सग गरेको कोभिड १९ को समिक्षा बैठका सहभागीहरुले यस्तो बताउनु भएको हो ।

कारितास नेपालको क्षेत्रिय कार्यालय बाट कोभिड १९ को समयमा झापा र मोरङ्गका विभिन्न स्थानिय तह र सामुदायीक अस्पतालमा कारितास नेपालको तर्फ बाट गरेको सहयोग र त्यसबाट नागरिकलाई पुगेको फाईदा का बारेमा कारितास नेपाल क्षेत्रिय कार्यलय दमकका प्रमुख देबेन्द्र पोख्रेलले जानकारी गराउनु भएको थियो ।

कोभिड १९ को विपद्का समयमा कारितास नेपालले झापामा कमल गाउँपालिका, दमक ,कन्काई र भद्रपुर नगरपलिका र मोरङ्गको लेटाङ्ग नगरपालीकामा कोभिड १९ बाट संक्रमित जनता पोषिलो खानेकुरा सहित स्वस्थ्य सामग्री वितरण गरेको प्रमुख पोख्रेलले जानकारी गराउनु भयो थियो ।

त्यसैगरी झापाको आम्दा असपताल दमक, मेचि अस्पताल भद्रपुर र कोशि कोभिड असपताल मोरङ्गलाई किट, अक्सिजन सिलिण्डर, माक्स, सेनेटाईजर लगायतका स्वस्थ्य सामग्री प्रदान गर्नुका सागै अस्पतालमा विरामी र विरामीका कुरुवालाई सहजताकालागी हेल्प डेक्स समेत गरिएको कारितास नेपालले जनाएको छ ।

कारितास नेपाल संग लामो समय देखी सहकार्य गर्दै आईरहेका छौ । कारितासले स्वस्थ्य क्षेत्रमा मात्र नभएर किसानलाई विषादी प्रयोग न्युनिकरण, बाढीका समयमा उद्धर , युवा नमुना सांसद अभ्यास जस्ता थुप्रै काममा कारितासले सहयोग पुर्याएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

सैघिय र प्रदेश सरकार बाट आएको निर्देशनले मात्र कोभिड नियन्त्रण हुनेवाला थिएन । यसमा कारितास नेपालको ठुलो सहयोग छ ।नगरका नागरिक कोभिड १९ का कारण संक्रमण भएका बेला त्यस्ता संक्रमित विरामीको मनावल बढाउनकालागी कारितास नेपालले जुन सहयोग गरेको छ त्यो असाध्यै महत्वपुर्ण छ । हरेक संक्रमितको घरघरमा पोषिलो खानेकुरा र स्वस्थ्य सामग्री सहीत कारितास नेपालका स्वयम सेवक पुग्नु भएको छ । यसले विरामिको मनोल बढाउन ठुलो मद्त पुगेको भद्रपुर नगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठले बताउनु भयो ।

कोभिडको पहिलो भेरियन्ट ट्रायल जस्तो मात्र भयो के गर्ने के नगर्ने यसैमा वित्यो अहिले दोश्रो चरणमा धेरै व्यवस्थापन भएको छ । तर विरामीको चाप अनुसार अक्सिजन नभएका कारण समस्यमा थियो त्यो समयमा कारितासले २० वटा अक्सिजन सिलिण्डर उपलब्ध गाराएको थियो त्यो नै काभिडको बुटि भएको आम्दा अस्पताल दमकका प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार नेपाल बताउनुहुन्छ ।

कारितास नेपाल संग अहिली मात्र होईन शरणार्थि हुदै देखी सहकार्य गर्दै आईरहेका छौ । अहिले कोभिड १९ को माहामारीका समयमा सहकार्य र समन्वय गर्दै आम नागरिकका स्वस्थ्य सुरक्षाकालागी समेत कारितास नेपालले गरेको सहयोग काभिड बुटि सावित भएको दमक नगरपालिकाकी उप मेयर गिता अधिकारीले बताउनु भयो ।

हुने विरुवाको चिल्लो पात भनेझै जुनदिन देखी कारितास नेपाल सग सहकार्यमा कामगर्न सुर गर्र्याै यसले नगरका कोभिड संक्रमित विरामी र बैदेशीक रोजगारी गुमाएर फर्केमा युवालाई समेत ठुलो सहयोग पुगेको छ । यसका साथै नगरपालिकाले आफ्नै नगरमा अक्सिजन प्लान्ट राख्ने योजना बनाएकोहुँदा प्लान्ट राख्नकालागी आवश्यक सहयोग र समन्वय कालागी कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोख्रेलले कारितास नेपाल लाई अनुरोध गर्नुभयो ।

कारितास नेपालले अस्पताललाई आवश्यक पर्ने स्वस्थ्य सामग्री उपलब्ध गराएर जुन सहयोग गरेको छ त्यो अत्यन्तै हमत्व पुर्ण छ । यो भन्दा ठुलो सहयोग कोभिड १९ का विरामी र विरामिका आफन्तलाई परामर्श दिनेका लागी जुन हेल्पडेक्स राखेको छ त्यो अन्यन्तै महत्वपुर्ण रहेको कोशि कोभिड अस्पतालका डाक्टर मिलन बस्नेतले बाउनुभयो ।

अहिले कोडिड १९ का विरामी अलि घटेका छन् तर हामी ढुक्क भएर बस्ने अवस्थत छैन कुन बेला कोभिड १९ को तेश्रो भेरियन्ट आउछ । त्यसकालागी सबैले आ आफ्नो ठाउँ बाट तयारी गर्न आवश्यक रहेको कोशि कोभिड अस्पतालका डाक्टर नरेश कुमार यादवले बताउनु भयो ।

कारितास नेपालले स्वस्थ्य क्षेत्रका साथै प्राकृतिक विपद्, कृषि,युवा लक्षित कार्यक्रम का साथै विभिन्न समुदायको आवश्यकता पैचान गरी सहभागतिा मुलक कार्यक्रम सन्चालन गर्नुका साथै आगामी दिनमा सक्दो सहयोग गर्ने कारितास नेपालका कार्यक्रम प्रमुख मणिन्द्र मल्लले बताउनुभयो ।

कोभिडको यस्तो विपद्को समयमा कारितास नेपालले मात्र यो काम गर्न सम्भव थिएन यसमा स्थनिय पालिकाको महत्वपुर्ण भुमिका छ । त्यसैगरी स्वस्थ्य क्षेत्रमा कामगर्ने डाक्टर समाजका देउता हुनुहुन्छ वहाँहरको अथक प्रयास र सहयोगले आज हमिले कोभिड १९ लाई पसास्त गर्न सकिरहेका छौ ।

“ आफ्नो घरमा आगोलागेका बेला अर्काको घरमा लागेको आगो निभाउन सजिलो थिएन ” तर पनि यो सानो सहयोगले आज यति ठुलो सहयोग गर्न पाएका छौ र आगामि दिनमा अझ बढी सहयोग गर्ने कारितास नेपाल केन्द्रिय कार्यलयका कार्यकारि निर्देशक ललित टुडुले बताउनुभयो । कार्यक्रमलाई कारितास नेपालका सामुदायीक सहजकर्ता गोविन्दराज कट्टेलले सहजीकरण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here