प्रेस संगठन नेपाल मोरङको प्रथम जिल्ला भेला

0
657

पथरीशनिश्चरे,

प्रेस संगठन नेपाल मोरङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । प्रेस संगठन नेपाल मोरङद्वारा आईतबार पथरीशनिश्चरे नगरपालिका -२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा उक्त भेला भएको हो ।

भेलाले आगामी २/३ महिनाभित्र प्रेस संगठन नेपाल मोरङ्गको जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी ३ सदस्य रहेको नयाँ आयोजक समिति गठन गरेको छ ।पत्रकार अर्जुन आचार्यको संयोजकत्वमा नवीन कर्ण र सरोज बस्नेत सदस्य रहेको उक्त कार्यसमिति चयन गरेको हो।

सोहि भेलाले ३५ सदस्यीय उक्त जिल्ला भेला आयोजक समिति पनि गठन गरेको थियो । राष्ट्रिय सभाका सदस्य समेत रहेका नेकपा-माओवादीका नेता गोपी बहादुर अछामीले प्रमुख अतिथिको तर्फबाट उक्त जनताको आर्थिक तथा सामाजिक अवस्था रुपान्तरण गर्नु नेकपा माओवादीको मुल लक्ष्य रहेको भन्दै जनक्रान्तिको विरुद्धका जुनसुकै राजनैतिक गतिविधिका विपक्षमा सशक्त रूपमा कलम चलाउन पनि आग्रह गरिएको थियो ।

अझै पनि प्रतिक्रान्तिका अवशेषहरु रहेको भन्दैपार्टीले लिएको कार्य दिशालाई अगाडि बढाउदै लैजान समेत निर्देश गरिएको थियो । मोरङ जिल्लाका जम्मा ६ वटै निर्वाचन क्षेत्रभित्रका १७ वटै स्थानीय तहहरूमा माओवादी जनयुद्को भावना र मर्मलाई आआत्मसात् गर्न र मुलुकको आमुल परिवर्तन गर्न लागि संचार जगतमा श्रमजीवी पत्रकारहरु सशक्त रूपमा लाग्नुपर्ने औंल्याईएको थियो ।

उक्त भेलामा संविधान सभाका सदस्यदय लाल ब मगर तथा दिना नाथ तिम्सिना , प्रदेश नं १ का सासंद कुशल लिम्बू ,प्रेस संगठन नेपाल मोरङ संयोजक गणेश उप्रेती ,पत्रकार महासंघ सहसचिव तथा प्रदेश नं-१ का संयोजक विवेक गौतम लगायतको उपस्थिति रहेकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here