प्याब्सन अर्जुनधाराको अध्यक्षमा सिटौला

३ आश्विन २०७८, आईतवार मा प्रकाशित

अर्जुनधारा ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) अर्जुनधाराको आइतबार सम्पन्न दोस्रो पालिका अधिवेशनबाट अध्यक्षमा रुद्रप्रसाद सिटौला १८ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

निर्वाचन समितिका सदस्य सुमन शर्मा जम्मरकट्टेलका अनुसार अध्यक्ष पदका अर्का उम्मेद्ववार बालगोपाल गौतमलाई ८ मतले पराजित गर्दै उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

समितिको बाँकी पदाधिकारीमा निर्विरोध निर्वाचित भए पनि अध्यक्षमा दुई जनाको उम्मेद्ववारी परेपछी निर्वाचन गरिएको समितिले जनाएको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा कुमार राय, सचिवमा राजेशकुमार आचार्य र कोषाध्यक्षमा राजन वाग्ले निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा चन्द्रप्रसाद सुवेदी, ताराप्रसाद नेपाल र शान्ता गिरी निर्वाचित भएका छन् ।

त्यस्तै समितिको बाँकी दुई जना मनोनित सदस्यहरुमा प्रविन कार्की र विनित बाँस्तोलालाई मनोनयन गरिएको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई समितिका संयोजक प्रभुकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन सत्रको प्रमुख अतिथि प्याब्सन झापाका प्राज्ञिक सल्लाहकार महेन्द्र सँग्रौलाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य मोहन सुब्बा, झापाका सहसचिव हरिकृष्ण पाठक, प्याब्सन बुद्धशान्तिका अध्यक्ष गंगाप्रसाद निरौला, टंक आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समितिका उपाध्यक्ष बालगोपाल गौतमले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here