विद्यालयको भवन जीर्ण, जोखिम मोलेरै पढ्न आउँछन् विद्यार्थी

0
715

इलाम, 

४१ वर्ष पहिले सर्वसाधारणले श्रमदानबाट निर्माण गरेको सूर्योदय नगरपालिका–१३ खानीभञ्जाङस्थित ज्ञानद्धय प्रावि जीर्ण बनेको छ ।

सरोकारवाला निकायले विद्यालयको भवन निर्माणमा ध्यान नदिँदा विद्यालय पढाउने थलोको रुपमा नभई धरापको रुपमा परिणत भएको स्थानीयवासी बताउँछन् ।

२०७२ साल बैशाख १२ गते गएको भूकम्पको कारण विद्यालयको अवस्था नाजुक भएको स्थानीयवासीको पीडा छ । चार शिक्षक कार्यरत विद्यालयमा ४४ विद्यार्थी अध्ययनरत छन् ।

वर्षायाममा विद्यालय भत्कने डरले कक्षा कोठामा पढाउने अवस्था नहुँदा खुल्ला आकाशमा पठनपाठन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र तामाङले बताए ।

“म अध्यक्ष भएको चार वर्ष बितिसक्यो विद्यालय निर्माणका लागि धेरै पटक नगरपालिकामा गए पनि एक पैसा पनि बजेट विनियोजन गरेको छै्न्”, उनले भने, “ भूकम्पपछि पनि अरु विद्यालय सुविधा सम्पन्न बनिसकेका छन्, तर हाम्रोमा लाइब्रेरी र प्रयोगशाला सम्म छैन,’ उनले भने । विद्यालयमा कम्पाण्ड नहुँदा महत्वपुर्ण सामग्रीको सुरक्षामा चुनौती देखिएको तामाङले बताए।”

विद्यालयको अवस्था दैनिक दयनीय भएपछि विद्यार्थी पढ्न छाडेर अन्यत्र विद्यालयमा जाने गरेको स्थानीयवासीले बताए । पानी आए बाहिर पढ्न सकिँदैन, कक्षा कोठामा गए विद्यालय भत्किएर मृत्यु हुने डर रहेको तामाङले बताए ।

चारकोठे जीर्ण भवनभित्र काम गर्नुपर्दा हैरान भएको अध्यक्ष तामाङले बताए । आफ्ना बुबा लाल बहादुर तामाङले १२ रानी र कुलबहादुर तामाङले ३ रोपनी जग्गा प्रदान गरी स्थापना भएको विद्यालय हो, अहिले कसैले हेरेका छैनन् उनले भने । सूर्योदय नगरपालिकाका–१३ वडा अध्यक्ष डि. बी. राईले भवन निर्माण गर्ने आवश्यक रहेको र त्यसका लागि आफूले पहल गरिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here