‘अब नेपाली फिल्म कुन मितिमा चलाउने

0
635

झापा, कोरोनाका कारण विगत १८ महिनादेखि फिल्म प्रदर्शन ठप्प छ । जसले गर्दा निर्माण सकेर बसेका दर्जनौं फिल्ममाथि भएको लगानी फ्रिज भएको छ भने हल व्यवसायीहरुले लाखौंको घाटा व्यहोर्नुपरेको छ ।
हल नचले पनि मल्टीप्लेक्सको महिनामा १० लाख र सिंगल थिएटरको डेढ लाखभन्दा बढी खर्च हुने गर्छ । कोरोनाले निर्मातालाई मात्र नभइ हलवालालाई पनि नराम्रोसँग थला पारेको छ । गत महिना काठमाडौंसहितका प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हल खोल्न अनुमति दिएको थियो ।
तर, प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा अनुमतिका बावजुद पनि हलहरु खुल्न सकेका छैनन् । शनिवारबाट बलिउडका फिल्महरुले प्रदर्शन मिति घोषणा गर्न थालेपछि भने आइतवार नेपाल चलचित्र संघले असोज २१ गतेबाट हल खोल्ने निर्णय ग¥यो ।
प्रशासन कार्यालयले हल खोल्न अनुमति दिएपछि चलचित्र संघले दशैंबाट लगातार फिल्म रिलिज गर्ने भन्दै निर्माण सकेर बसेका फिल्मका निर्मातासँग तारन्तार छलफल गरेको थियो । तर, प्रायः निर्माताले एक करोडभन्दा बढी एमजी मागेपछि प्रदर्शकहरु भागाभग भए ।
एमजी विना फिल्म प्रदर्शन गर्न कोही निर्माता तयार नभएपछि प्रदर्शकहरु बलिउड फिल्म कुरेर बसेका थिए । नभन्दै, शनिवार भारतको महाराष्ट्र सरकारले अक्टोबर २२ बाट हल खोल्ने निर्णय गरेपछि बलिउडका एकसेएक ठूला फिल्मले प्रदर्शन मिति घोषणा गरे । यसपछि त नेपालका प्रदर्शकहरुलाई ‘फिल्म चलाइदिनुस्’ भन्दै निर्मातासँग झुक्नै परेन । अब उनीहरु बलिउड फिल्म चलाएरै १८ महिनादेखि व्यहोरेको घाटा उकास्ने दाउमा छन् ।
नेपाली निर्माताहरु भने रुनु न हाँस्नु अवस्थामा छन् । प्रशासनले हल खोल्न अनुमति दिएपछि केही निर्माताहरुले पहिला विदेशी फिल्म चलाएर माहोल बनाउनुपर्ने बताएका थिए । तिहारमा बलिउडको प्रतिक्षित फिल्म ‘सूर्यवंशी’ आउने भएपछि नेपालका फिल्ममेकर खुशी भएका थिए । तर, यसको २४ घण्टा पनि नवित्दै बलिउडका दुई दर्जन बढी फिल्मले राम्रो डेट जति सबै लक गरेपछि नेपाली निर्माताको सातो उडेको छ । नेपाली फिल्मलाई अबको एक वर्ष राम्रो रिलिज डेट पाउनै गाह्रो छ । फिल्म रिलिजका लागि तिहार, अंग्रेजी नयाँ बर्ष, क्रिसमस, इद, जनैपूर्णिमा, तीज, नेपाली नयाँ बर्ष, भ्यालेन्टाइन डे निकै राम्रो समय हुन् ।
तर, यसपटक यी कुनै मिति बाँकी छैनन्, जहाँ बलिउड फिल्मले प्रदर्शन मिति घोषणा नगरेका हुन् । अब नेपाली फिल्मसँग दुईटा विकल्प छ– ‘कि आँट गरेर भिड्ने कि भाग्ने ।’ बलिउड फिल्मले प्रदर्शन मिति घोषणा गरेपछि चलचित्र संघले असोज २१ गतेदेखि सिनेमा हल खोल्ने निर्णय गर्दै यो मितिबाट तीन महिनासम्म नेपाली फिल्मको प्रदर्शन मितिमा बलिउड फिल्म नजुधाउने निर्णय गरेको फिल्मीखबरमा समाचार छ ।
तर, के यो कुरा व्यवहारमा लागू होला ? बलिउडका ठूला स्टारको फिल्म आयो भने नेपालका प्रदर्शकहरु नेपाली फिल्मकै भरमा ढुक्कसँग बस्लान् र ? कसरी पत्याउने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here