हातेमालो सामुदायिक वनको आठौं सभा

0
836

दुहागढी ।

हातेमालो सामुदायिक वन उपभोक्ता समूह दुहागढीको आठौं साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

संस्थाको आफ्नै कार्यालयमा सम्पन्न सभामा संस्थाका अध्यक्ष चन्द्र प्रसाद सिग्देलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पुष्पादेवी बोखिमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।

आन्तरिक लेखा समितिका सदस्य जीवन प्रसाईंले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कोभिड संक्रमण भई मृत्यु भएका संस्थाका अध्यक्ष स्व. प्रेम प्रसाद पौडेललाई मरणोपरान्त सम्मान गरिएको थियो ।

त्यसैगरी संस्थाका सल्लाहकार सहित एक दर्जन व्यक्तिहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा राजन राई कृष्णराज सिग्देल, विदुर प्रसाद सिवाकोटी, पुष्पराज कार्की, पर्शुराम सिंह राजवंशी, दिल बहादुर कालिकोटे, राम प्रसाद राई, कृष्ण कुमारी सुवेदी, शंकर पोख्रेल र बद्री महत रहेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र विशिष्ठ अतिथि उप प्रमुख मिना उप्रेतीले संयुक्त रुपमा सम्मान पत्रबाट सम्मान गरेका थिए । सभाले वन समूहमा केही समय देखि समूह क र ख का उपभोक्ताहरु बीच देखिएको विवाद समाधानका लागि प्राकृतिक स्रोत तथा द्वन्द रुपान्तरण केन्द्र नेपालको पहलमा तयार पारिएको ९ बुँदे सहमतिलाई विधानमा उल्लेख गर्न ५ सदस्यीय विधान मस्यौदा समिति समेत चयन गरेको छ ।

कार्यक्रममा द्वन्द रुपान्तरण केन्द्रका सहजकर्ता छत्र पौडेल, माकुरा समूहका शरद शिवाकोटी, पूर्व अध्यक्ष विदुर शिवाकोटी, मेचीनगर १३ का वडा अध्यक्ष कृष्णराज सिग्देल, डिभिजन वन कार्यालय झापाका युवराज मास्के, राजनीतिक दलका प्रतिनिधीहरु खगेन्द्र सिग्देल, दुर्गा धमला, प्रमुख अतिथि आचार्य, विशिष्ठ अतिथि उप्रेति लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष चन्द्र प्रसाद सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन आन्तरिक लेखा समितिका संयोजक मोहन अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here