आफ्नै श्रीमतीलाई मार्छु भनेर बन्दुक ताकेपछि…

0
463

भोजपुर। 

आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकेर मार्छु भन्दै धाकधम्की दिने भोजपुर रामप्रसादराई गाऊँपालिका १ चामबोटेका ४६ बर्षीय सुजिल राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

घरयासी बिबादको कारण आफ्नै श्रीमती ४५ बर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा गहिरो चोट लागि घाईते बनाई घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकाली श्रीमतीलाई ताकी मार्छु भनी धाक धम्की दिएका थिए ।

घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली खटि गई घाईते जुनालाई उपचारको लागी स्थानिय मेडिकल ओख्रेमा पठाईएको थियो ।

घटनास्थलमा भरुवा बन्दुक फालेर फरार रहेका सुजिललाई प्रहरीले खोजतलास गरी पक्राउ गरि जिल्ला प्रहरी कार्यालय भोजपुर पठाईएको हो । घटनस्थलबाट भरुवा बन्दुक, कोदालो सहित बरामद गरेको प्रहरीले थप अनुसन्धान भइरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here