दुहागढीमा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया

0
546

दुहागढी ।

चाड पर्व लक्षित शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम झापाको दुहागढीमा सोमबार सम्पन्न भएकोछ ।

मेचीनगर नगरपालिका १४ नं. वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय राजनीतिक दल, संघ संस्था, टोल विकास समितिका प्रतिनिधीहरु, जनप्रतिनिधीहरु र प्रहरीको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष शंकर प्रसाद पोख्रेल र चारआली प्रहरी चौकीका हवल्दार कृष्णदेव यादवले चाडपर्व लक्षित शान्ति सुरक्षाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमका सहभागिहरुले चाडपर्वमा हुने चोरीका घटना, सडक दुर्घटना, मादक पदार्थ सेवन गरेर गरिने झैझगडा नियन्त्रणका लागि सरोकारवाला निकाय गम्भिर हुनु पर्नेमा जोड दिएका थिए ।

वडा कार्यालयमा नयाँ राष्ट्रिय झण्डा राखेर बडादशैंको शुभकामना आदान प्रदान समेत गरिएको कार्यक्रममा बाल सुबोधिनी माविका प्रधानाध्यापक विश्व थापा, नेपाल रेडक्रस सोसाइटी दुहागढी उपशाखाका सभापति गोपिराज मैनाली, राजनीतिक दलका प्रतिनिधी मुनिलाल राजवंशी, नगरपरिषद सदस्यहरु लालमहमद मिया, सुरश बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।

मेचीनगर १४ का वडा अध्यक्ष शंकर प्रसाद पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन कार्यपालिका सदस्य बिन्दा प्रसाईंले गरेकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here