ललितपुर,

गोदावरी नगरपालिका–४ बडिखेलका २२३ जनालाई दसैँको अवसर पारेर राहत वितरण गरिएको छ ।
रिड नेपाल तथा शान्त्ति भोलेन्टियर एसोसिएसनको आर्थिक सहयोगमा आज समुदायमा कोरोनाले पु¥याएको असरलाई दृष्टिगत गरी खाद्यान्नलगायत पौष्टिक आहारका साथै स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको थियो ।
गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रका अध्यक्ष वशिष्ठ अधिकारीले अति विपन्न १०२ वडावासीलाई खाद्यान्नका साथै बाँकी १२१ महिला तथा अपाङ्गता भएका व्यक्ति, विपन्न, गरिब तथा दैनिक ज्यालादारी गर्र्ने गर्भवती, सुत्केरीका साथै ज्येष्ठ नागरिकलाई एक क्रेट अण्डा, हर्लिक्स, मास्क र स्यानिटाइजर वितरण गरिएकोे बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिन्दूहरुको महान पर्व दसैँमा कसैले पनि भोकै बस्नु नपरोस् भनी सहयोग गरेका हाँै ।” सो सामग्रीले दसैँभर गरिबको भान्छा टर्ने अधिकारीको धारणा छ ।
यसैगरी गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आसन्न नेपालीको महान पर्वमा गरिबका साथै दुःखीले आर्थिक अभावका कारण रुनु पर्ने अवस्थाको अन्त्य भएको दाबी गर्नुभयो । उपप्रमुख मुना अधिकारीले गर्भवती तथा सुत्केरीका साथै ज्येष्ठ नागरिकको हितमा स्थानीय सरकारले समेत सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।






























